दाङका अस्पतालमा अक्सिजन अभाव « Khabarhub

दाङका अस्पतालमा अक्सिजन अभाव


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा अक्सिजनको अभाव छ । अहिले अस्पतालमा १२० अक्सिजनका सिलिन्डर छन् । ती सिलिन्डरले अस्पतालमा रहेका सङ्क्रमितलाई पुर्‍याउन निकै धौ–धौ पर्ने गरेको अस्पतालका व्यवस्थापक दोर्ण ओलीले बताए ।

अस्पतालमा अहिले ४६ बिरामी भर्ना भएका छन् । अब शय्या थप्ने तयारी रहेको छ । अस्पालको माथिल्लो तला यसअघि नेपाल संस्कृत विश्वविद्यालयले दिन मानेको थिएन तर केही दिनदेखि बिरामी अस्पतालमा खचाखच भरिएपछि प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेसहित स्थानीय तहका प्रमुखको विशेष पहलमा विश्वविद्यालयले माथिल्लो तला प्रदान गर्ने सहमति गरेपछि आजदेखि शय्या थप्ने कार्य भइरहेको व्यवस्थापक ओलीले बताए ।

उनका अनुसार ६५ शय्या थपिने छन् । उक्त शय्या थपिएपछि करिब ३०० अक्सिजन सिलिण्डर आवश्यक पर्छ । त्यसका लागि स्थानीय तहसँग सिलिण्डर उपलब्ध गराउन माग गर्दै आएको उनको भनाइ छ । “शय्या मात्रै थपेर हुँदैन्, शय्यासँगै अक्सिजन सिलिन्डर पनि थप्नु पर्छ”, उनले भने, “त्यसका लागि हामीले स्थानीय तहसँग शय्या सङ्ख्या थप गरिदिन माग गरेका छौँ ।”

पाँच बिरामीलाई बाहिरै राखेर उपचार

प्रयाप्त शय्या नहुँदा अहिले पाँच बिरामीलाई अस्पताल बाहिर राखेर उपचार थालिएको छ । उनीहरुलाई भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था आएको व्यवस्थापक ओलीले बताए । शय्या अभाव रहँदा व्यवस्थापनमा निकै चुनौती हुने गरेको उनको भनाइ छ । धेरै सङ्क्रमितलाई राख्न भनि फोन आउने गरेको भए पनि शय्या नहुँदा निकै समस्या हुने गरेको उनले बताए ।

थप एकको मृत्यु

कोरोना अस्पताल बेलझुण्डीको सघन कक्षमा उपचाररत एक बिरामीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–१२ की ४६ वर्षीया महिला रहेकी छिन् । उनलाई कोरोना पुष्टि भएपछि यही वैशाख ११ गतेदेखि सो अस्पतालको सघन कक्षमा राखेर उपचार भैरहेको थियो ।

जनशक्तिको पनि माग

अहिले बेलझुण्डी अस्पतालमा जनशक्ति पनि अभाव छ । जनशक्ति अभाव हुँदा दाङका छ स्थानीय तहसँग जनशक्ति पनि माग गरिएको व्यवस्थापक ओलीले बताए । उनका अनुसार घोराही र तुलसीपुर उपमहानगरपालिकासहित बबई, शान्तिनगर, बङ्गलाचुली र दङ्गीशरण गाउँपालिकाबाट कर्मचारी माग गरिएको छ ।

गाउँपालिकाबाट नौ/नौ जना र उपमहानगरपालिकाबाट १८/१८ जना जनशक्ति माग गरिएको छ । नर्स, कार्यालय सहयोगीसहितका कर्मचारी माग गरिएको हो ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  १० : १५ बजे

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा

क्रिटिक्स अवार्ड : हरिवंश, दयाहाङ, आनालगायतले पाउँदै

काठमाडौं – चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले आगामी शनिबार अवार्ड

नेतृत्व परिवर्तनको ‘बेमौसमी बहस’ नगर्न ओलीको चेतावनी 

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व परिवर्तनसम्बन्धी

विज्ञान र नवप्रवर्तनका लागि नयाँ कानुन ल्याइने

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विज्ञान तथा नवप्रवर्तन