उपत्यकामा थपिए २ हजार ४९५ जना संक्रमित « Khabarhub

उपत्यकामा थपिए २ हजार ४९५ जना संक्रमित


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं उपत्यकमा पछिल्लो २४ घण्टामा थप २४ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौँमा १ हजार ९ सय ३२, भक्तपुरमा २ सय ८ र ललितपुरमा ३ सय ५५ जनामा कोरोना पुष्टि भएको हो ।

काठमाडौँमा हिजो भन्दा आज संक्रमितको संख्या केही घटेको छ ।

शुक्रबार झण्डै तीन हजार संक्रमित भेटिएको उपत्यकामा आज २ हजार ४ सय ९५ मात्र संक्रमण देखिएको हो ।

आजै देशभर १४ हजार ९ सय ६९ जनाको परीक्षण गर्दा ५ हजार ७ सय ६३ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो तथ्याङ्कसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ३ लाख २८ हजार ८ सय ९३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ४३ हजार २ सय १३ पुगेको मन्त्रालयले जनाएको छ । कूल मृतकको संख्या ३ हजार २ सय ९८ पुगेको छ । मन्त्रालयका अनुसार आज ६७ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म २४ लाख ८८ हजार ३ सय ५९ जनाको पीसीआर परीक्षण गरेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ६ : १५ बजे

गगन थापाको राजीनामा प्रकरण ‘स्टन्ट र मिडिया ट्रायल’ जस्तो देखियो : सूर्य थापा

काठमाडौं– नेकपा एमालेका नेता सूर्यबहादुर थापा क्षत्रीले नेपाली कांग्रेसका सभापति

मानव अधिकार तथा शान्ति समाजले गर्‍यो अमेरिकी राजदूतावास अगाडि प्रदर्शनी  

काठमाडौं– हाल जारी अमेरिका/इजरायल र इरानबीचको युद्धले विश्व शान्ति नराम्ररी

भृकुटीमण्डपमा सुरु भयो फ्लोरा एक्स्पो (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि २७औँ फ्लोरा एक्स्पो सुरु भएको छ

इरान युद्धमा एक्लिँदै ट्रम्प : नाटो देशहरूले भने, ‘त्यो हाम्रो लडाइँ होइन’

तेहरान- इरानमा सर्वोच्च नेता अली खामेनेईसहित ४० भन्दा बढी अधिकारी

दुई सय पाँच गोही राप्तीमा छाडियो

चितवन– चितवन राष्टिय निकुञ्जमा हुर्काइएका घडियाल गोहीमध्ये २५० गोहीलाई राप्ती