उपत्यकामा थपिए २ हजार ४९५ जना संक्रमित « Khabarhub

उपत्यकामा थपिए २ हजार ४९५ जना संक्रमित


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं उपत्यकमा पछिल्लो २४ घण्टामा थप २४ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौँमा १ हजार ९ सय ३२, भक्तपुरमा २ सय ८ र ललितपुरमा ३ सय ५५ जनामा कोरोना पुष्टि भएको हो ।

काठमाडौँमा हिजो भन्दा आज संक्रमितको संख्या केही घटेको छ ।

शुक्रबार झण्डै तीन हजार संक्रमित भेटिएको उपत्यकामा आज २ हजार ४ सय ९५ मात्र संक्रमण देखिएको हो ।

आजै देशभर १४ हजार ९ सय ६९ जनाको परीक्षण गर्दा ५ हजार ७ सय ६३ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो तथ्याङ्कसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ३ लाख २८ हजार ८ सय ९३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ४३ हजार २ सय १३ पुगेको मन्त्रालयले जनाएको छ । कूल मृतकको संख्या ३ हजार २ सय ९८ पुगेको छ । मन्त्रालयका अनुसार आज ६७ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म २४ लाख ८८ हजार ३ सय ५९ जनाको पीसीआर परीक्षण गरेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ६ : १५ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग