मजदुरको न्यूनतम पारिश्रमिक १५ हजार पुर्‍याउने प्रधानमन्त्रीको घोषणा (भिडियोसहित) « Khabarhub

मजदुरको न्यूनतम पारिश्रमिक १५ हजार पुर्‍याउने प्रधानमन्त्रीको घोषणा (भिडियोसहित)


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले आउदो आर्थिक वर्षबाट श्रमिकको तलब न्यूनतम १५ हजार पुर्‍याउने घोषणा गरेका छन् । १३२औँ अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा सन्देश जारी गर्दै उनले श्रमिकको तलब १३ हजार ४ सय ५० रुपैयाँबाट बढाएर आगामी साउन १ गतेदेखि नै लागू हुने गरी १५ हजार पुर्‍याइने घोषणा गरेका हुन् ।

ओलीले बजेटमार्फत श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने बताएका हुन् । ओलीले आर्थिक वर्ष २०७८/७९ बाट लागू हुनेगरी श्रमिक र कर्मचारीको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने बताएका हुन् ।

दैनिक पारिश्रमिक ५ सय १७ बाट बढाएर ५ सय ७७ र प्रतिघण्टा पारिश्रमिक रू ६९ बाट ७७ पुर्‍याइने घोषणा गरे ।

श्रमिक क्षेत्रको कानूनी विभेदलाई पनि अन्त्य गरिएको प्रधानमन्त्री ओलीको दाबी थियो । वैदेशिक रोजगारीमा गएका नेपालीको सुरक्षा र मर्यादाको लागि सम्बन्धित देशसँग श्रमसम्झौता गरिएको उनको भनाइ छ ।

सामाजिक सुरक्षा कोष, बेरोजगार भत्ता लगायतका व्यवस्था देशभित्र गरिएकोले मजदुरको सुरक्षा भइरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ७ : १५ बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,