२९ जिल्लामा निषेधाज्ञा, ८ जिल्लामा आजदेखि लागू हुने (सूचीसहित) | Khabarhub Khabarhub

२९ जिल्लामा निषेधाज्ञा, ८ जिल्लामा आजदेखि लागू हुने (सूचीसहित)


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दोस्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि देशभरका २९ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्ने भन्दै सरकारले विभिन्न निषेधका आदेशहरु जारी गरेको हो ।

निषेधका आदेश जारी गरिएका ठाउँमा अत्यावश्यक बाहेकका कामका लागि सर्वसाधारणलाई हिँडडुल गर्न रोक लगाइएको छ । यस्तै, अत्यावश्यक बाहेकका सवारीका साधनहरु समेत सञ्चालन गर्न पाइने छैन ।

तराईं–मधेस तथा उपत्यकाका जिल्लाहरुमा ५०० र पहाडी जिल्लामा २०० सक्रिय संक्रमित पुगे प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्न सक्ने गरी मन्त्रिपरिषद्ले नै निर्णय गरिसकेको छ ।

मन्त्रिपरिषदको उक्त निर्णयपछि काठमाडौं उपत्यकाका ३ जिल्लासहित उपत्यका बाहिरका केही जिल्लामा वैशाख १६ गते (बिहीबार)देखि नै निषेधाज्ञा लागू भइसकेको छ ।

केही जिल्लामा भने शुक्रबार र शनिबार तथा केही जिल्लामा आइतबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।

गृह मन्त्रालयका अनुसार शनिबार साँझसम्म २९ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । ७ वटाबाहेक अन्य २२ जिल्लामा जिल्लाभर नै निषेधाज्ञा लागू हुने छ । निषेधाज्ञा घोषणा गरिएकामध्ये २१ जिल्लामा शनिबारसम्म निषेधाज्ञा लागू भइसकेको छ भने ८ जिल्लामा आइतबारदेखि लागू हुनेछ ।

बाँकी ७ जिल्ला मोरङ, दार्चुला, बर्दिया, बाग्लुङ, काभ्रे, गोरखा र बाजुरामा भने संक्रमितहरु बढी भएको क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ । मोरङमा भने सोमबारदेखि जिल्लाभर नै निषेधाज्ञा लागू हुने गृह मन्त्रालयले जानकारी दिएको छ ।

बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, गुल्मी, प्युठान र उदयपुर जिल्लामा जिल्लाभर नै लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी गरिएको कास्की जिल्लामा भने सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरिएको छ ।

सल्यान, डडेल्धुरा, रुकुम पश्चिम, बाजुरा, उदयपुर, काभ्रे, सल्यान र झापामा भने आइतबारदेखि मात्रै निषेधाज्ञा लागू हुने गृह मन्त्रालयले जानकारी दिएको छ ।

यस्तो छ निषेधाज्ञा जारी भएका जिल्लाको सूची:

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ७ : ५० बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको