२९ जिल्लामा निषेधाज्ञा, ८ जिल्लामा आजदेखि लागू हुने (सूचीसहित) « Khabarhub

२९ जिल्लामा निषेधाज्ञा, ८ जिल्लामा आजदेखि लागू हुने (सूचीसहित)


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दोस्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि देशभरका २९ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्ने भन्दै सरकारले विभिन्न निषेधका आदेशहरु जारी गरेको हो ।

निषेधका आदेश जारी गरिएका ठाउँमा अत्यावश्यक बाहेकका कामका लागि सर्वसाधारणलाई हिँडडुल गर्न रोक लगाइएको छ । यस्तै, अत्यावश्यक बाहेकका सवारीका साधनहरु समेत सञ्चालन गर्न पाइने छैन ।

तराईं–मधेस तथा उपत्यकाका जिल्लाहरुमा ५०० र पहाडी जिल्लामा २०० सक्रिय संक्रमित पुगे प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्न सक्ने गरी मन्त्रिपरिषद्ले नै निर्णय गरिसकेको छ ।

मन्त्रिपरिषदको उक्त निर्णयपछि काठमाडौं उपत्यकाका ३ जिल्लासहित उपत्यका बाहिरका केही जिल्लामा वैशाख १६ गते (बिहीबार)देखि नै निषेधाज्ञा लागू भइसकेको छ ।

केही जिल्लामा भने शुक्रबार र शनिबार तथा केही जिल्लामा आइतबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।

गृह मन्त्रालयका अनुसार शनिबार साँझसम्म २९ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । ७ वटाबाहेक अन्य २२ जिल्लामा जिल्लाभर नै निषेधाज्ञा लागू हुने छ । निषेधाज्ञा घोषणा गरिएकामध्ये २१ जिल्लामा शनिबारसम्म निषेधाज्ञा लागू भइसकेको छ भने ८ जिल्लामा आइतबारदेखि लागू हुनेछ ।

बाँकी ७ जिल्ला मोरङ, दार्चुला, बर्दिया, बाग्लुङ, काभ्रे, गोरखा र बाजुरामा भने संक्रमितहरु बढी भएको क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ । मोरङमा भने सोमबारदेखि जिल्लाभर नै निषेधाज्ञा लागू हुने गृह मन्त्रालयले जानकारी दिएको छ ।

बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, गुल्मी, प्युठान र उदयपुर जिल्लामा जिल्लाभर नै लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी गरिएको कास्की जिल्लामा भने सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरिएको छ ।

सल्यान, डडेल्धुरा, रुकुम पश्चिम, बाजुरा, उदयपुर, काभ्रे, सल्यान र झापामा भने आइतबारदेखि मात्रै निषेधाज्ञा लागू हुने गृह मन्त्रालयले जानकारी दिएको छ ।

यस्तो छ निषेधाज्ञा जारी भएका जिल्लाको सूची:

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ७ : ५० बजे

यसअघिका सरकारले गरेको गलत कामको छानबिन गर्न नेकपाको चुनौती

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले

बास खोसिएका सुकुम्वासीको गाँस पनि खोसियो, पिउने पानीसमेत पाएनन्

काठमाडौं– कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीले आधारभूत

राष्ट्रियसभामा बजेटमाथि छलफल 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको सङ्घीय आर्थिक

काठमाडौं महानगरको १०१ बुँदे नीति तथा कार्यक्रममाथि छलफल 

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति