नेपालसंग कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्या १६९ पुग्यो « Khabarhub

नेपालसंग कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्या १६९ पुग्यो


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल र डोमिनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । संयुक्त राष्ट्रसंघका लागि नेपाली राजदूत अमृत राई र डोमिनिकाका न्यूयोर्कस्थित स्थायी मिसनका लागि राजदूत लोरेन रुथ बनानिसबीच शुक्रवार दुई देशको बीचमा कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

नेपाल र डोमिनिका जी–७७ र असंलग्न आन्दोलनका सदस्य मुलुक हुन् । नेपालले डोमिनिकासंग कूटनीतिक सम्बन्ध स्थापित गरेसंगै नेपालको कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्या १६९ पुगेको छ ।

न्युयोर्कस्थित नेपाली नियोगले शुक्रवार जारी गरेको विज्ञप्तीमा उक्त समझदारीपछि दुवै मुलुकका राजदूतले राष्ट्रसंघका महासचिवलाई संयुक्त पत्रमार्फत कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी गराएको उल्लेख गरेको छ ।

राजदूत राई र बनानिसबीच समझदारी पत्रमा हस्ताक्षर भएपछि द्विपक्षीय सम्बन्धलाई विस्तार गर्ने र पारस्परिक हितका लागि काम गर्ने सहमती भएको न्यूयोर्कस्थित नेपाली मिसनले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ८ : ०० बजे

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु

स्ट्रेट अफ होर्मुज नखोले इरानलाई नर्क बनाइदिने ट्रम्पको चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका