काभ्रेमा पनि एकसाता निषेधाज्ञा जारी « Khabarhub

काभ्रेमा पनि एकसाता निषेधाज्ञा जारी


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– कोरोना संक्रमण तीव्र रूपमा फैलिएसँगै काभ्रेमा पनि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले सूचना जारी गरी वैशाख १९ गते अर्थात् आइतबार राति १२ बजेदेखि लागू हुने गरी काभ्रेका बजार क्षेत्र र राजमार्गमा निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले काभ्रेमा वैशाख २६ गतेसम्म निषेधाज्ञा जारी हुने जानकारी दिए । उनका अनुसार अरनिको राजमार्गको साँगादेखि बनेपा बजार धुलिखेल सदरमुकाम पाँचखाल बजार क्षेत्र हुँदै दोलालघाटसम्म, बनेपा तीनदोबाटोदेखि नाला भगवती र बनेपा-पनौती खोपासी सडक खण्डको दायाँबायाँ ५ सय मिटर क्षेत्रमा निषेधाज्ञा गरिएको छ । त्यस्तै, बिपी राजमार्गको धुलिखेल चोकदेखि काभ्रेभन्ज्याङ-भकुण्डे हुँदै मंगलटार र पाँचखाल नपाको जिरोकिलोदेखि कुन्तावेशीसम्म सडकको २ सय मिटर दायाँबायाँको क्षेत्रमा निषेधाज्ञा जारी भएको हो ।

अन्य स्थानीय तहहरूमा संक्रमण दर कम भएकाले निषेधाज्ञाको निर्णय नभएको उनले बताए ।

शनिबार बसेको बैठकले निषेधाज्ञा जारी गर्ने र निषेधित क्षेत्रमा अत्यावश्यक सेवा तथा वस्तुसँग सम्बन्धित बाहेकका सेवाहरू बन्द गर्ने निर्णय भएको प्रशासनले जनाएको छ । त्यस्तै, निषेधाषाको अवधिमा सवारीसाधनको आवतजावत पूर्ण रूपमा रोक लगाएको जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रजिअ पोखरेलले सञ्‍चारकर्मीले सूचना विभागबाट दिएको परिचयपत्रको आधारमा मात्र आवातजावत गर्न पाउने, विवाह कार्यक्रममा २५ जनाभन्दा बढी उपस्थित हुन नपाउने र दैनिक उपभोग्य वस्तुका पसललगायत भने आवश्यक मापदण्ड पूरा गरी खोल्न दिने निर्णय भएको बताए ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  १० : ४० बजे

कांग्रेसको विशेष महाधिवेशनमा २ हजार ६६२ प्रतिनिधि सहभागी

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने प्रतिनिधिहरूको

राज्यका प्रमुख संस्थामाथि आक्रमण गर्नेलाई निर्वाचनमार्फत पराजित गर्नुपर्छ : महेश बस्नेत

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले राज्यका प्रमुख संस्थामाथि

पृथ्वी जयन्तीले राष्ट्रिय एकता र देशप्रेमको भावना विकासमा प्रेरित गर्छ : लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीले

जनआक्रोसलाई सम्बोधन गर्न विशेष अधिवेशन बोलाइएको हो : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताका असन्तुष्टि सुन्न

कांग्रेसको विशेष महाधिवेशन : सोमबार बिहान १० बजेदेखि बन्दसत्र सुरू हुने

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान