दिल्लीमा फेरि एकसाता लकडाउन लम्बियो « Khabarhub

दिल्लीमा फेरि एकसाता लकडाउन लम्बियो


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिल्ली– भारतको राजधानी दिल्लीमा लगाइएको लकडाउन एकसाता लम्बाइएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीटमार्फत यस्तो जानकारी दिएका हुन् ।

कोरोनाबाट प्रभावित मध्ये एक भारतीय सहर दिल्लीमा पछिल्लो समय संक्रमित र मृतकको संख्या दुबैमा वृद्धि भइरहेको छ ।

दिल्लीमा जारी लकडाउनको अवधि आगामी सोमबार बिहान सकिँदै थियो । मुख्यमन्त्री केजरोवालले एक साता लकडाउनको अवधि बढाउने निर्णय लिएको यो दोस्रो पटक हो । पछिल्लो समय दिल्लीमा दैनिक २५ हजारभन्दा बढी कोरोनाको नयाँ संक्रमित थपिँदै आएका छन् ।

दिल्लीमा पछिल्लो २४ घण्टामा ३ सय ७५ जनाको मृत्यु भएको सरकारी तथ्यांकले देखाएको छ । शनिबार मात्रै एक अस्पतालमा अक्सिजनको अभावमा १२ जना संक्रमितले ज्यान गुमाएका छन् ।

बीबीसीको सहयोगमा

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  १० : ३० बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं