श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घेको स्वास्थ्यमा समस्यापछि अस्पताल भर्ना « Khabarhub

श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घेको स्वास्थ्यमा समस्यापछि अस्पताल भर्ना


७ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

कोलम्बो – विदेश भ्रमणका लागि सरकारी कोषको दुरुपयोग गरेको आरोपमा सुरक्षा नियन्त्रणमा लिइएका श्रीलङ्काका पूर्वराष्ट्रपतिलाई शनिबार सरकारी अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको छ ।

कोलम्बो नेसनल हस्पिटलका उपमहानिर्देशक रुक्शान बेलानाले एएफपीसँग कुरा गर्दै शुक्रबार राति हिरासतमा पठाइएका विक्रमासिङ्घेलाई ‘डिहाइड्रेसन’ को समस्या निकै देखिएको र चिकित्सकको निगरानीमा राखेर उपचार गर्नुपर्ने देखिएकोले उहाँलाई सघन उपचार कक्षमा भर्ना गरिएको छ ।”

उनले भने, “गम्भीर जटिलताबाट बच्नका लागि उहाँलाई चिकित्सकको निगरानी आवश्यक देखिन्छ।” विक्रमासिंघेको अवस्था स्थिर रहेको चिकित्सकले बताएका छन् ।

उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई श्रीलङ्काको मुख्य सरकारी अस्पतालमा लगिएको कारागारका प्रवक्ताले जानकारी दिएका छन् ।जेलमा रहेका ७६ वर्षीय विक्रमासिङ्घेलाई भेट्न पुगेका विपक्षी सांसदहरूले विक्रमासिङ्घेको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताएका छन् ।

विपक्षी दलहरूले उहाँ फेरि सत्तामा फर्कन सक्ने डरले सरकारले उहाँलाई हिरासतमा लिएको आरोप लगाएका छन्।

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  ८ : ५६ बजे

लुका मोड्रिचको २०० औं खेलमा क्रोएसिया विजयी, पानामा विश्वकपबाट बाहिरियो

टोरन्टो – पानामालाई १–० को झिनो अन्तरले पराजित गर्दै पूर्व

खेल सकिएपछि रोनाल्डोले क्यामराअघि चिच्याएर भने “म फर्किएँ !”

काठमाडौँ – आलोचना र दबाबका बीच क्रिस्टियानो रोनाल्डोले सानदार पुनरागमन

मनसुनी वायु फैलिँदै, केही भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप फाइनलमा अमेरिकी राष्ट्रपति ट्रम्प मुख्य आकर्षण बन्ने

न्यू जर्सी – विश्वकप फुटबलको फाइनल खेलको ट्रफी हस्तान्तरण समारोहमा

घानाविरुद्ध गोल गर्न चुक्यो इङ्ल्याण्ड : खेल बराबरीमा सकियो

काठमाडौँ – फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा इङ्ल्याण्ड र घानाले