दिल्लीमा फेरि एकसाता लकडाउन लम्बियो « Khabarhub

दिल्लीमा फेरि एकसाता लकडाउन लम्बियो


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिल्ली– भारतको राजधानी दिल्लीमा लगाइएको लकडाउन एकसाता लम्बाइएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीटमार्फत यस्तो जानकारी दिएका हुन् ।

कोरोनाबाट प्रभावित मध्ये एक भारतीय सहर दिल्लीमा पछिल्लो समय संक्रमित र मृतकको संख्या दुबैमा वृद्धि भइरहेको छ ।

दिल्लीमा जारी लकडाउनको अवधि आगामी सोमबार बिहान सकिँदै थियो । मुख्यमन्त्री केजरोवालले एक साता लकडाउनको अवधि बढाउने निर्णय लिएको यो दोस्रो पटक हो । पछिल्लो समय दिल्लीमा दैनिक २५ हजारभन्दा बढी कोरोनाको नयाँ संक्रमित थपिँदै आएका छन् ।

दिल्लीमा पछिल्लो २४ घण्टामा ३ सय ७५ जनाको मृत्यु भएको सरकारी तथ्यांकले देखाएको छ । शनिबार मात्रै एक अस्पतालमा अक्सिजनको अभावमा १२ जना संक्रमितले ज्यान गुमाएका छन् ।

बीबीसीको सहयोगमा

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  १० : ३० बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्