लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन भोलि शुरु हुँदै | Khabarhub Khabarhub

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन भोलि शुरु हुँदै


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– अविश्वास प्रस्तावमा निर्णय गर्न बोलाइएको लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन भोलि शुरु हुँदैछ ।

मुख्यमन्त्रीविरुद्ध प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव भोलिकै बैठकमा पेश हुने छ । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा मुख्यमन्त्रीमा प्रस्तावित कुलप्रसाद केसीले प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

प्रस्तावमा विभिन्न दलका सांसदले आफ्नो धारणा राख्नेछन् । पर्सी (सोमबार) मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिनेछन् । मुख्यमन्त्रीले जवाफ दिएपछि पर्सी नै मतदान हुने कार्यसूची तय गरिएको छ ।

आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदले कोरोना संक्रमणको कारण एकै दिनमा प्रस्तावको टुंगो लगाउन भनेका थिए । तर एमालेले असहमति जनाएपछि दुई दिनमा टुङ्गो लगाउने कार्यसूची तय गरिएको हो ।

वैशाख ६ गते कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीका ४१ सांसदले हस्ताक्षर गरेर प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । हस्ताक्षर गरेका मध्ये जनता समाजवादी पार्टीका चार सांसद मन्त्री बनेका छन् । जसपाका चारजना पदमुक्त भइसकेका छन् ।

यस अघि ८७ सदस्य रहेको प्रदेशसभामा अब ८१ सांसद भएका छन् । अविश्वासको प्रस्ताव पारित हुन ४१ सांसद आवश्यक पर्दछ । सत्तारुढ नेकपा एमालेसँग ४१ सांसद छन् । कांग्रेसका १९, माओवादी केन्द्रका १७, कारबाही पछि जसपाका २ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ९ : १५ बजे

श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घेको स्वास्थ्यमा समस्यापछि अस्पताल भर्ना

कोलम्बो – विदेश भ्रमणका लागि सरकारी कोषको दुरुपयोग गरेको आरोपमा

बैतडीमा पहिरोले एक घर पुरियो

बैतडी – बैतडीको पुर्चौँडी नगरपालिका-४ चनकिल्लीका हिमालय बोहराको घर पहिरोले

हुङ्गुङ खण्डमा पहिरो जाँदा कोशी राजमार्ग तीन दिनदेखि अवरुद्ध

सङ्खुवासभा – कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुङ्गुङ खण्डमा गएको पहिरोका कारण

पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जनाको मृत्यु

पर्सा – पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जना बिरामीको मृत्यु

आजका समाचार : भूमि विधेयकविरुद्ध आन्दोलनको घोषणा, मनाइयो कुशे औँसी र पाकिस्तानमा विनाशकारी बाढी

इजरायलबाट फर्किएर विपिनको आमा र बहिनीले भेटे प्रधानमन्त्रीलाईइजरायलमा सशस्त्र समूह