हङकङले नेपालसँगको हवाइ उडानमा प्रतिबन्ध लगायो « Khabarhub

हङकङले नेपालसँगको हवाइ उडानमा प्रतिबन्ध लगायो


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हङकङले शनिबारदेखि लागू हुने गरि नेपालसँगका सबै हवाइ उडानलाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

नेपालमा कोरोनाभाइरसको नयाँ प्रजाति ब्यापकरुपमा फैलिएको जनाउँदै उक्त रोक लगाएको जनाइएको छ ।

चिनियाँ संचारमाध्यम सिन्ह्वाद्वारा प्रेषित विवरणमा अर्को सूचना जारी नभइञ्जेलसम्म काठमाडौँबाट हुने उडानमा अनिश्चितकालको लागि रोक लगाइएको उल्लेख छ ।

हङकङले नेपाललाई उच्च जोखिमपूर्ण मुलुकको रुपमा समेत उल्लेख गरेको छ । हङकङले यसअघि भारत, पाकिस्तान र फिलिपिन्सबाट हुने उडानलाई समेत प्रतिबन्ध लगाइसकेको छ । यी तीन मुलुकको प्रतिबन्ध पनि अनिश्चितकालको लागि रहने जनाइएको छ ।

यसअघि हङकङ पुगेका १३ जना नेपालीमा भाइरस पजेटिभ देखिएपछि उसले केही समयका लागि नेपालमाथिको उडान प्रतिबन्ध लगाएको थियो । हङकङमा शनिबार पनि स्थानीय संक्रमण शुन्य देखिएको छ भने आयातित संक्रमण ८ भेटिएको उल्लेख छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  १० : ०० बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको