कोरोनाबारे सचेतना जगाउन प्रदेश प्रमुख झा आफैँ निस्किए मास्क बाँड्न « Khabarhub

कोरोनाबारे सचेतना जगाउन प्रदेश प्रमुख झा आफैँ निस्किए मास्क बाँड्न


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश–२ का प्रमुख राजेश झा (अहिराज) ले शनिबार जनकपुरधा बजार क्षेत्रका पसल पसल पुगेर मास्क बाँडेका छन् ।

चर्को घामका बीच प्रदेश प्रमुख अहिराजले आफैले सर्वसाधारण जनतालाई मास्क वितरण गरेका हुन् ।

कोरोना माहामारीको दोस्रो लहरको क्रममा जनकपुरधाम लगायतका प्रदेश-२ का सबै जिल्ला प्रभावित रहेको समयमा प्रदेश प्रमुख अहिराजले स्वयम् जनकपुरधाम बजार अनुगमन गर्दै मास्क नलगाएका व्यापारी तथा सर्वसाधारणलाई महामारीबाट बच्न सावधानी अपनाउन आग्रह गर्दै मास्क बाँडेका हुन् ।

सरकारले कोरोना संक्रमण तीव्र गतिमा फैलिने विभिन्न जिल्लाको सूचीमा धनुषालाई समेत सूचीकृत गरेको समयमा जोखिम बढ्न नदिन स्थानीयले मास्क लगाए/नलगाएको भन्ने बारे अनुगमन गर्नकै लागि प्रदेश प्रमुख अहिराज जनकपुरधाम बजार घुमेको प्रदेश प्रमुख कार्यालयका सचिव ध्रुव गैडेले जानकारी दिए ।

सचिव गैडेका अनुसार जनकपुरधामस्थित मिल्स एरियाबाट शिव चोकसम्म पैदल हिँडेरै पसले तथा बजारमा सामान किनमेल गर्न निस्केकाहरूमध्ये मास्क नलगाएकालाई प्रदेश प्रमुख अहिराजले मास्क बाँडेका थिए ।

कोरोना महामारीबाट प्रदेश-२ मा अतिप्रभावित जिल्लाहरूमध्ये धनुषासमेत एक रहेकाले सबैलाई यस महामारीबाट सचेत रहन र अरुलाई सुरक्षित तुल्याउनका लागि प्रदेश प्रमुख आफैंले मास्क बाँडेको र अरुलाई पनि मास्क लगाउनका लागि अभिप्रेरित गरेको सचिव गैडेले बताए ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  १० : २१ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग