अहिले नै कोरोना जितिएको घोषणा हतारो हुन्छ : संक्रामक रोग विज्ञ फाउची | Khabarhub Khabarhub

अहिले नै कोरोना जितिएको घोषणा हतारो हुन्छ : संक्रामक रोग विज्ञ फाउची


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन(एएनआई)- अमेरिकाका वरिष्ठ सरुवा रोग विषेशज्ञ एन्टोनी फाउचीले कोरोनाभाइरसविरुद्धको लडाइँ अहिले नै जितिएको घोषणा गर्नु अति छिटो हुने दावी गरेका छन् ।

सङ्क्रमण रोगसम्वन्धी अमेरिकाको राष्ट्रिय संस्थाका निर्देशकसमेत रहेका फाउचीले कोरोनाभाइरसबाट सङ्क्रमित र मृतकहरुको संख्या घटे पनि जितिसकियो भन्न अहिले नै नहुने बताए ।

“हामीले अहिले नै कोरोनाभाइरसविरुद्धको जित भइसक्यो भनेर घोषणा गर्न चाहदैनौँ, किनकी हामी अहिले पनि त्यससँग लडिरहेका छौँ,” उनले भने । तर धेरैभन्दा धेरै व्यक्तिहरुले खोप लगाइसकेको र समुदायस्तरमै खोप अभियान पुगेकोले रोगबाट सुरक्षाको अवस्था भने राम्रो रहेको उनको भनाइ छ ।

अमेरिकी एक प्रतिष्ठित पत्रिकासँगको कुराकानीका क्रममा उनले कोरोनाभाइरसको खतरा भने पूर्ण रुपमा अन्त्य भइनसकेको उल्लेख गरेका छन् ।

भाइरसको नयाँ नयाँ संस्करणहरु आइरहेकाले पनि खतरापूर्ण अवस्था भने रहिरहने उनले तर्क गरे ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ६ : १० बजे

ओलीले भने : लोकतन्त्र र दलीय व्यवस्थाको विकल्प छैन्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री

‘सुरुङमार्ग र नयाँ ट्र्याक नबनाए नारायणगढ-मुग्लिन सडकको सास्ती अझै बढ्छ’

संघीय राजधानी काठमाडौंलाई देशका अन्य भागसँग जोड्ने नारायणगढ-मुग्लिन सडक दुई

बत्ती बालेर हटाइँदैछ तुइन खोलाको पहिरो, आजै रातिबाट गाडी चल्ने

चितवन- मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, तुइन खोला पुलनजिकको पहिरो

सडकमा जित्यौं, तर राजनीतिक रूपमा हार्यौं: ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले हालैको