मुटु जोगाउन अवलम्बन गर्नुहोस् यी १० टिप्स « Khabarhub

मुटु जोगाउन अवलम्बन गर्नुहोस् यी १० टिप्स


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले अधिकांश मानिसमा मुटुरोगको समस्या देखिने गरेको छ । यो वृद्ध उमेरका मानिसमा मात्र नभई युवा र बालबालिकामा समेत हुने गर्दछ । मुटुरोग हुनबाट कसरी बच्ने त ?

१. दैनिक व्यायाम
दैनिक ४५ मिनेटसम्म व्यायाम गरेमा असल कोलेस्टेरोल र इन्सुलिन सेन्सिटिभिटी बढ्नगई टाइप २ डाइबिटिजलाई नियन्त्रण हुन्छ र मुटुरोग हुनबाट बच्न सकिन्छ ।

२. तौल नियन्त्रण गर्ने
मुटुरोग हुनबाट बच्न सबैभन्दा पहिले आफ्नो तौल उचाइ अनुसार कायम राख्न सक्नु पर्दछ । अत्यधिक मोटो भएमा मुटु रोगको सम्भावना हुन्छ ।

३. तनाव नियन्त्रण
मुटुरोग हुनबाट बच्न तनाव नियन्त्रण गर्नु सबैभन्दा बढी आवश्यक छ । तनावले मुटुरोग बढाउने गर्दछ ।

४. नुनको सेवन
धेरैलाई थाहा नहुन सक्छ, अत्यधिक नुनको प्रयोगले उच्च रक्तचापको समस्या निम्त्याउने गर्दछ । त्यसैले खानामा नुनको मात्रा नियन्त्रण गर्नु पर्दछ ।

५. मदिरा सेवन
अत्यधिक मदिरा पिउँदा उच्च रक्तचापको समस्या तथा डाइलेटेड कार्डियोमायोप्याथी जस्ता मुटुका समस्या हुनसक्छ । त्यसैले मदिरा सेवन नगर्नु पनि मुटुरोगबाट बच्ने उपाय हो ।

६. माछाको सेवन
सातामा तीनपटकसम्म खानामा माछाको सेवन गरेमा मुटुको रोग लागिसकेका व्यक्तिमा समेत लाभ मिल्दछ । प्राकृतिक रुपमा पाइने तैलीय माछा र फिस आयल ओमेगा ३ फ्याटी एसिडका स्रोत हुन् ।

७. भिटामिनको सेवन
भिटामिन सप्लिमेन्ट गर्ने तथा एन्टिअक्सिडेन्ट भिटामिनहरु जस्तै बिटा क्यारोटिन, भिटामिन ए, भिटामिन सी, भिटामिन ई आदिको उपभोग गरेमा मुटु रोगबाट बच्न सकिन्छ ।

८. तरकारी
गाढा हरियो रंगका सागसब्जी, ब्रोकाउली, फर्सी, राज्मा, गेडागुडी, सोयालगायतका तरकारी र फलफूल दैनिक तीन पटकसम्म खानुपर्छ । यसले कोलेस्टेरोल नियन्त्रण गर्दछ ।

९. लसुन
दुई–तीन केस्रा लसुन काचो वा  तेलमा हल्का भुटेर सेवन गरे ट्राइग्लिसराइड नियन्त्रण गर्दछ ।

१०. शाकाहारी भोजन
शाकाहारी आहार मात्र सेवन गर्नेहरुमा हृदयाघातको समस्या कम हुन्छ ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  १२ : ११ बजे

ह्याट्रिक गरेको क्षेत्र क्रिकेट कमेन्टेटरलाई छोडेर गगन किन ओर्लिए सर्लाही ?

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा फागुन २१ गते

स्याङ्जामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिका–७ चापाकोट सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई

एमालेकी कान्छी उम्मेदवार अस्मिता थापाले दर्ता गराइन् मनोनयन

काठमाडौं- नेकपा एमालेकी सबैभन्दा कान्छी उम्मेदवार अस्मिता थापाले मनोनयन दर्ता

चितवन- २ मा रवि लामिछानेको उम्मेदवारी वारेसमार्फत दर्ता

चितवन– फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र

टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार हिन्द महासागरमा रहेको