मदनकृष्ण लेख्छन्– जनता नै भएन भने कसलाई शासन गर्ने ? « Khabarhub

मदनकृष्ण लेख्छन्– जनता नै भएन भने कसलाई शासन गर्ने ?


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हास्य कलाकार तथा अभिनेता मदनकृष्ण श्रेष्ठले सरकारलाई कोरोनालाई पहिलो प्राथमिकतामा राखी सबैतिरबाट भ्याक्सिन ल्याएर जनतालाई भ्याक्सिन दिई ज्यान बचाउन सुझाव दिएका छन् ।

कोरोना संक्रमणका कारण पहिलो पटक ८ दिन र फेरि दोश्रो पल्ट १४ दिन मेडिसिटी हस्पिटलमा बसेर एक हप्ताअघि मात्र घर आइपुगेका मदनकृष्णले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् ।

‘जनता नै भएन भने कसलाई शासन गर्ने ?’ उनले लेखेका छन्, ‘कोरोनाले मलाई पछार्न त नराम्रैसँग पछार्यो । पछार्यो मात्र हैन, अझ लछार्यो र हस्पिटलमा लगेर मलाई बेस्कन बजार्यो, ओर्कायो, फर्कायो, थर्काउनु थर्कायो । बेला बेलामा तर्सायो पनि । बलियो चाहिँ निक्कै बलियो रहेछ बजिया ।’

उनले सबैको माया, शुभेक्षा, प्रार्थना र आशिर्वादको बलले कोरोनाले आफूलाई जित्न नसकेको बताएका छन् ।

‘पछि कोरोना आफै लुत्रक्क परेर, लाजले निहुरिएर, मेरो खुट्टा ढोगेर नमस्कार गर्दै कान समातेर १० पल्ट उठबस गरेर ह्वाँ… ह्वाँ…रुँदै मसँग क्षमा मागेर लुसुक्क भाग्यो’, उनले लेखेका छन् ।

मदनकृष्णले शरीरमा केही मात्रामा शिथिलता भए पनि विस्तारै कम हुँदै गएको जनाएका छन् । आफूलाई डाक्टरहरुले शरीरमा एन्टीबडी बनिसकेको बताएको खुलाएका छन् । उनका अनुसार घरका सबै सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

‘जे होस बाँचियो बा !’, उनले लेखेका छन्, ‘कोरोनाले यो मदनकृष्ण श्रेष्ठ भन्ने मान्छेलाई पार्केसन छ, प्रोष्टेट, प्रेसर, मुटुको समस्या छ, अनि अर्को कन्स्टीपेशनको पनि समस्या छ र यसलाई त मज्जाले चपाउन सकिन्छ भनेर मलाई झम्टिन आएको होला सायद ।’

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ११ : ४४ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्याक्टरबाट खसेर एक युवकको मृत्यु

तनहुँ– तनहुँको ऋषिङ गाउँपालिका–३ दाङश्रीको भित्री सडकमा ट्याक्टरबाट खसेर एक

लामिन र रोनाल्डको गोलमा बार्सिलोना सेमिफाइनलमा

काठमाडौं – कोपा डेल रेको क्वार्टरफाइनलमा बार्सिलोना विजयी भएको छ।

यूएईविरुद्ध दीपेन्द्र र आरिफको १०८ रनको सम्झना योग्य साझेदारी

काठमाडौं – नेपाली क्रिकेट टिमले विश्वकप अगाडि चिरपरिचित प्रतिद्वन्द्वी यूएईविरुद्ध

चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल

काठमाडौं – अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमातर्फ अन्तरिक्षयात्री पठाउने तयारीस्वरूप