वरिष्ठताका आधारमा इजलास गठन गर्न प्रधानन्यायाधीश तयार « Khabarhub

वरिष्ठताका आधारमा इजलास गठन गर्न प्रधानन्यायाधीश तयार


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने प्रतिबद्धता जनाएका छन् ।

सर्वोच्च अदालत बारका प्रतिनिधिसँग आज भएको छलफलमा इजलास गठनमा देखिँदै आएको विवाद नदोहोरिने गरी दीर्घकालीन समाधान खोज्न राणा सहमत भएको सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए ।

त्यसका लागि सर्वोच्च अदालतको कार्यसञ्चालन नियमावली संशोधन गर्न राणा तयार भएको उनले जानकारी दिए ।

‘प्रधानन्यायाधीशज्यूले एकसाताभित्रै कार्यसञ्चालन नियमावली परिमार्जन गरेर वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने भन्नु भएको छ,  सम्भवत आजको सुनुवाइ स्थगित होला,’ उनले भने ।

प्रतिनिधिसभा विघटनको मुद्दा र संविधानको धारा ७६ को ५ अनुसार सरकार गठनको मुद्दा हेरिरहेको सर्वोच्चको संवैधानिक इजलासमा रहेका न्यायाधीशहरू बमकुमार श्रेष्ठ र तेजबहादुर केसीको सम्बन्धमा मुद्दाको पक्षका कानून व्यवसायीले प्रश्न उठाउँदै आएका छन् ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  १२ : २० बजे

नेपाल-भारत सीमा सुरक्षा बैठक सम्पन्न

मोरङ– आज विराटनगरमा नेपाल–भारत सीमा जिल्ला समन्वय समितिको बैठक बसेको

रवीलाई जोगाउने रास्वपाको योजना : सहकारीको बचत हिनामिना गर्नेलाई ‘थुनेर होइन सुनेर’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) ले सहकारीका बचतकर्ताको रकम फिर्ता

इजरायली दमन र प्रतिबन्धका बावजुद ईशा अल–अक्सामा ६० हजार मानिसहरू भेला

एजेन्सी– इजरायली दमन र कडा प्रतिवन्धका बावजुद अल–अक्सा मस्जिद र

दलगत ट्रेड युनियन खारेज गर्छौं : रास्वपा 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलगत ट्रेड युनियन खारेज गर्ने

तलब खाएर राजनीतिक दलप्रति निष्ठा राख्नु अनैतिक र दण्डनीय हो : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी घोषणापत्रमा जनताको करबाट तलब