वरिष्ठताका आधारमा इजलास गठन गर्न प्रधानन्यायाधीश तयार | Khabarhub Khabarhub

वरिष्ठताका आधारमा इजलास गठन गर्न प्रधानन्यायाधीश तयार


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने प्रतिबद्धता जनाएका छन् ।

सर्वोच्च अदालत बारका प्रतिनिधिसँग आज भएको छलफलमा इजलास गठनमा देखिँदै आएको विवाद नदोहोरिने गरी दीर्घकालीन समाधान खोज्न राणा सहमत भएको सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए ।

त्यसका लागि सर्वोच्च अदालतको कार्यसञ्चालन नियमावली संशोधन गर्न राणा तयार भएको उनले जानकारी दिए ।

‘प्रधानन्यायाधीशज्यूले एकसाताभित्रै कार्यसञ्चालन नियमावली परिमार्जन गरेर वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने भन्नु भएको छ,  सम्भवत आजको सुनुवाइ स्थगित होला,’ उनले भने ।

प्रतिनिधिसभा विघटनको मुद्दा र संविधानको धारा ७६ को ५ अनुसार सरकार गठनको मुद्दा हेरिरहेको सर्वोच्चको संवैधानिक इजलासमा रहेका न्यायाधीशहरू बमकुमार श्रेष्ठ र तेजबहादुर केसीको सम्बन्धमा मुद्दाको पक्षका कानून व्यवसायीले प्रश्न उठाउँदै आएका छन् ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  १२ : २० बजे

बैंगलोरले चेन्नईलाई दियो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन

चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१

राप्ती नदीबाट घडियालका दुई सय ४७ अण्डा सङ्कलन

चितवन – चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदी किनारबाट

मादी नदीमा बालकको शव भेटियो

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज