अझै बनेन कोभिड अस्पताल | Khabarhub Khabarhub

अझै बनेन कोभिड अस्पताल


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– ०७७ को नयाँ वर्षमै प्रदेश २ कोरोना महामारीको ‘हट स्पट’ बन्यो । महामारी नियन्त्रण गर्न प्रदेश सरकारले तयारी शुरु गरे । वैशाख दोस्रो साता विज्ञ समूहको टोली गठन भयो ।

सरकारले महामारीसँग जुध्न बनाएको विज्ञ समूहले कोभिड अस्पताल बनाउन सुझाब दियो । वैशाख अन्तिम साता मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलियास्थित मणिपाल शिक्षण अस्पतालको जीर्ण भवनलाई मर्मत सम्भार गरी कोभिड अस्पताल बनाउने निर्णय गरे ।

निर्णय भएको एक वर्ष बितिसक्यो । भौतिक पुर्वाधार सम्पन्न भवनमा पनि प्रदेश सरकारले कोभिड अस्पताल बनाउन सकेन् ।

दोस्रो लहरमा भेरिएन्टसहितको कोरोना भाइरस आएपछि पुनः सरकारले त्यही ठाउँमा कोभिड अस्पताल बनाउन वैशाख १७ गते निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रम अन्तर्गत २० आइसीयुसहित एक सय शैय्याको अस्पताल मर्मत सम्भारको काम शुरु गराएका छन् ।

दुई करोड ७० लाख करसहितको रकममा डिजाइनरर्स नेपाल, भक्तपुरका कम्पनीले काम गरिररहेका छन् । ठेक्का कबुल भएको २१ दिनभित्र काम सम्पन्न गर्नुपर्ने सम्झौता पत्र उल्लेख छ । तर, काम शुरु भएको तीन हप्ता बितिसक्यो । अस्पताल बन्न सकेको छैन ।

निर्माण कम्पनीको प्रोजेक्ट म्यानेजर शशांक सिग्देलले एक साताभित्र काम सम्पन्न हुने दावी गरे । तर, निर्माणधिन काम ४० प्रतिशतभन्दा बढी भएको छैन । कम्पनीले मर्मत सम्भार, झ्याल, ढोका, प्लास्टर, पेन्टिङ, फोहोर व्यवस्थापन गर्ने र अस्पताललाई चाहिने बेड सेटसहित हस्तान्तरण गर्नुपर्ने उनले जानकारी दिए ।

३० वटा कोठामध्ये १० कोठाको काम अन्तिम चरणमा पुगेको छ । बाँकीको काम हुँदैछ । निषेधज्ञाले अस्पताल निर्माणमा ढिलाई भएको उनले बताए ।

‘लकडाउनले बजारमा समान पाएको छैन । समान भारतबाट मगाउँदै छौँ,’ उनले भने, ‘समान आउन ढिलाई हुँदा हस्तान्तरणमा पनि ढिलाई हुन सक्छ ।’

काम तीव्र गतिमा भइरहेको भन्दै उनले दैनिक १०० मजदुरले काम गरिरहेको बताए ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  २ : २७ बजे

निर्माताको दाबी : ‘जेरी अन टप’ले नवौं दिनमा मात्रै एक करोडमाथि ग्रस कलेक्सन गर्‍यो

काठमाडौं– नायक अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ उच्च

कैलालीमा पनि छठ पूजा गर्नेको सङ्ख्या बढ्दै

कैलाली– छठ पर्वका अवसरमा छठ पूजा सेवा समिति धनगढीले कैलालीको

क्षतिग्रस्त सिंहदरबारका भवनमा रङरोगन, जलेका रुखहरूले हाल्दैछन् पालुवा

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा सिंहदरबारमा

राजेन्द्र महतोसँग कुरा नमिलेपछि सचिव पद त्यागेकी सुधा आफैं बनिन् मन्त्री

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हाल्ने जिम्मेवारी त्यही मन्त्रालयकी पूर्वसचिवको

चितवनमा भूमिगत विद्युतीकरण ६५ प्रतिशत पूरा

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरण हालसम्म