जसपा विवाद : ठाकुर पक्षबाट पनि यादव निष्कासित « Khabarhub

जसपा विवाद : ठाकुर पक्षबाट पनि यादव निष्कासित


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पार्टी विभाजनको औपचारिक घोषणा मात्र हुन बाँकी रहेको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको छ ।

यादव पक्षले ठाकुरसहित चार नेतालाई निष्कासनको निर्णय गरेको केही घण्टा बित्न नपाउँदै त्यसको काउण्टरमा ठाकुर पक्षले यादवलाई पनि पार्टीबाट निकालेको हो ।

ठाकुर पक्षको बैठकबाट यादवलाई निष्कासन गर्ने निर्णय भएको जसपाका नेता केशव झाले जानकारी दिए । दुवै पक्षले एकले अर्कोलाई पार्टी निर्णय विपरीत लागेको आरोप लगाएका छन् । यसले जसपामा एकले अर्को पक्षलाई कारबाही गर्ने होडबाजी चलेको छ ।

जसपाको ठाकुर पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा छ । ८ मन्त्री र दुई राज्यमन्त्री जसपाले पाउने प्रधानमन्त्री ओलीसँगको वार्तामा सहमति जुटेको बताइएको छ ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ४ : ५७ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु