‘बजेटको आकार भन्दा त्यसले स्वीकारेका वास्तविकताले उत्साहित बनाएको छ’ « Khabarhub

‘बजेटको आकार भन्दा त्यसले स्वीकारेका वास्तविकताले उत्साहित बनाएको छ’


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले जेठ १५ गते अध्यादेशमार्फत ल्याएको आगामी आर्थिक वर्षको बजेटलाई माउन्टेन स्पोर्ट्स फेडेरेसन नेपालले स्वागत गरेको छ ।

महासंघले पहिलो पटक नेपाल र नेपालीको भावना समेट्ने बजेट आएको भन्दै बजेटको आकार भन्दा पनि त्यसले सम्बोधन गरेका र स्वीकार गरेका वास्तविकताले उत्साहित बनाएको जनाएको छ । महासंघका अध्यक्ष गोविन्द भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ पहिलो पटक नेपाल र नेपालीको भावना समेटने बजेट आएको हामीले अनुभूति गरेका छौं , खासगरी खेलकुद क्षेत्रमा । बजेटको आकार भन्दा त्यसले सम्बोधन गरेको र स्वीकार गरेको वास्तविकताले हामीलाई पनि उत्साहित बनाएको हो ।’

फेडेरेसनको एक दशकको लबिङ्ग तथा नेपाल खेलकुद महसंघको नीतिगत समर्थनले नेपाललाई खेल पर्यटनको विश्वव्यापी केन्द्र बनाउने घोषणा गरिनु नेपाली खेलकुदको आगामी र अग्रगामी भविष्य भएको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, विश्वस्तरको खेल विद्यालयले कम्तिमा आम विषय अब सिंहदरबारको पनि विषय बन्न पुगेको अनुभूति भएको महासंघले जनाएको छ ।

पूर्व खेलाडीलाई सहुलियतमा व्यवसायिक कर्जा र नबौं राष्ट्रिय खेलकुदको ग्यारेन्टी तथा देशव्यापी पूर्वाधार निर्माणको घोषणा अरु आशा लाग्दो विषय भएको महासंघले उल्लेख गरेको छ ।

‘हाई अल्टीच्युट स्पोर्ट्स ट्रेनिंग सेन्टर निर्माण र काठमाडौँ र फेवा ताल वरिपरिको साइकल लेन निर्माणमा सरकारको प्रतिबद्धता साच्चै गर्व गर्न लायक छ । तर यसको सफल कार्यान्वयनमा भने हामी चनाखो हुनैपर्छ ।’ विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस् विज्ञप्ति

मिति—२०७८।०२।१७

नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रिज्यूले आगामी आ.व.को लागि प्रस्तुत गर्नु भएको बजेट र नीतिगत बक्त्तव्यलाई यस महासंघ हार्दिक स्वागत गर्दछ ।

पहिलो पटक नेपाल र नेपालीको भावना समेटने बजेट आएको हामीले अनुभूति गरेका छौं , खासगरी खेलकुद क्षेत्रमा । बजेटको आकार भन्दा त्यसले सम्बोधन गरेको र स्वीकार गरेको वास्तविकताले हामीलाई पनि उत्साहित बनाएको हो ।

माउन्टेन स्पोर्ट्स फेडेरेसनको एक दशकको लबिङ्ग तथा नेपाल खेलकुद महसंघको नीतिगत समर्थनले नेपाललाई खेल पर्यटनको विश्वव्यापी केन्द्र बनाउने घोषणा नै नेपाली खेलकुदको आगामी र अग्रगामी भविष्य हो । त्यस्तै, विश्वस्तरको खेल विद्यालयले कम्तिमा आम विषय अब सिंहदरबारको पनि विषय बन्न पुगेको अनुभूति भएको छ । पूर्व खेलाडीलाई सहुलियतमा व्यवसायिक कर्जा र नबौं राष्ट्रिय खेलकुदको ग्यारेन्टी तथा देशव्यापी पूर्वाधार निर्माणको घोषणा अरु आशा लाग्दो विषय हुन् ।

हाई अल्टीच्युट स्पोर्ट्स ट्रेनिंग सेन्टर निर्माण र काठमाडौँ र फेवा ताल वरिपरिको साइकल लेन निर्माणमा सरकारको प्रतिबद्धता साच्चै गर्व गर्न लायक छ । तर यसको सफल कार्यानवयनमा भने हामि चनाखो हुनैपर्छ । शाहसिक पर्यटनको लागि राष्ट्रिय/अन्तराष्ट्रिय आकर्षण गर्ने सरकारी नितिको सफल कार्यानवयन भए, अल्पाइन र माउन्टेन क्षेत्रमा शाहसिक खेल मार्फत पर्यटन प्रवर्धन गर्ने हाम्रो लामो अभियान सफल भएको मानिनेछ जुन बजेट बक्त्तव्यमा प्रस्ट उल्लेख गरिएको छ । 

पहिलो पटक वाटर स्पोर्ट्सलाई प्रस्ट सम्बोधन गरिएको छ, कार्यक्रम सहित । तर, भएको कार्यानवयनमा भने संका गर्नु पर्नेछ परमपरागत कर्मचारीतन्त्रको कारणले ।

नीतिगत रुपमा प्रष्ट र अग्रगामी देखिन्छ बजेट बक्त्तव्य, जसले दिगो पर्यटन, दिगो विकास र समृद्ध नेपालको लागि खेलकुद क्षेत्रलाई प्रस्ट किटान गरेको छ । बञ्जी, माउन्टेनियरिंग, रक क्लाइम्बिङ्ग, र्याफ्टिङ, प्याराग्लाइडिङ्ग लगायतका शाहसिक खेल मार्फत दिगो पर्यटनको योजना बन्नु यस महासंघको लागि साच्चै खुसीको कुरा हो, जुन एक दशक देखि महासंघले उठाइरहेको थियो । कुल बजेटको तुलनामा यस क्षेत्रमा विनियोजित रकम सानै भएपनि नीतिगत रुपमा प्रस्ट, दिर्घकालिन सोच बोकेको वस्तुपरक र परिमाण मुखी बजेट बक्त्तव्य प्रति हामी पुन नेपाल सरकार तथा अर्थ मन्त्रिलाई धन्यबाद दिन चाहन्छौं । साथै, यूवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद तथा प्रादेशिक खेलकुदका निकायहरुमा रहेको ढिला—सुस्ती, परमपरागत कार्य शैली र कम्जोर नेतृत्व रहेसम्म नेपाल सरकारको यस अभियान सफल हुनेमा संका गर्ने प्रस्ट आधारहरु छन् । त्यसतर्फ पनि यो सरकारको ध्यान जावस यहि हाम्रो चाहना पनि र कामना पनि !

गोविन्द भट्टराई
(अध्यक्ष)

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ७ : ०१ बजे

सर्वोच्चमा बहस : सामाजिक सञ्जालमा सार्वजनिक भएको कुरा समाचार बनाउनु अपराध होइन

काठमाडौं– वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै विषयमा पक्राउ गरिएको

बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले दिए राजीनामा

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन्

विद्युतको कर खारेजी माग गर्दै कुलमानको हस्ताक्षर अभियान (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीले सरकारले विद्युतमा लगाएको कर खारेज गर्न

गगन-शेरबहादुरबीचको दूरी घटाउन मध्यस्थता गर्न तयार छु : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले गगन थापा र

निश्कल भन्छन् : हामी विभाजित होइन, एकीकृत कांग्रेस चाहन्छौँ

काठमाडौं–  नेपाली कांग्रेसका युवा नेता निश्कल राईले आफूहरूको चाहना विभाजित