प्रेस चौतारीद्वारा बजेटले मिडिया जगतका मुद्दाहरु सम्बोधन गरेकोमा स्वागत « Khabarhub

प्रेस चौतारीद्वारा बजेटले मिडिया जगतका मुद्दाहरु सम्बोधन गरेकोमा स्वागत


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रेस चौतारी नेपालले सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटले नेपाली मिडिया जगतले उठाउँदै आएका मुद्दाहरुलाई सम्बोधन गरेकोमा स्वागत गरेको छ ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले विज्ञप्ति जारी गर्दै बजेटले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रवर्द्धन र पत्रकारको क्षमता अभिबृद्धिका साथै कारोना महामारीमा परेका श्रमजीवी पत्रकार र मिडिया उद्योगलाई ठूलो राहत एबं आडभरोसा दिएको जनाएका छन् ।

उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारले नेपाली मिडिया जगतको वास्तविक अभिभावकत्व स्थापित हुने गरी यस्तो ऐतिहासिक बजेट ल्याएकोमा प्रेस चौतारी नेपाल गौरव महसुस गर्दछ र यसका निम्ति सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, माननीय अर्थ मन्त्री विष्णु पौडेल, माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङसहित सम्बद्ध सबैमा हार्दिक आभार एबं धन्यवाद ज्ञापन गर्दछ ।’

बजेटमा श्रमजीवी पत्रकारको रु ७ लाखसम्मको दुर्घटना बीमा गरी बीमा प्रिमियमको ५० प्रतिशत रकम नेपाल सरकारले व्यहोर्ने, आगामी साउन १ गतेदेखि नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचयपत्रको आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने, सञ्चारकर्मीको पेशागत दक्षता अभिवृद्धी तथा व्यावसायिकता विकास गर्न आगामी आर्थिक वर्षभित्र आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने, कोभिड १९ बाट प्रभावित भई रोजगारी गुमाएका पत्रकारलाई लेखनवृति र सञ्चारगृहलाई नवीकरण मिनाहा गर्ने लगायतका कार्यक्रम समावेश गरिएका छन् ।

यस्तै बजेटमा सरकारी विज्ञापनमा सबै प्रकारका पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाईन सञ्चार माध्यमको न्यायपूर्ण पहुँच सुनिश्चित गर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ६ : १९ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको