एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा « Khabarhub

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। जापानको निशिनमा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा बंगलादेशलाई ६ विकेटले पराजित गर्दै पाकिस्तानले उपाधि नजिक यात्रा तय गरेको हो।

वर्षाका कारण खेललाई १३ ओभरमा घटाइएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित १३ ओभरमा ७ विकेट गुमाएर १११ रनको योगफल तयार पारेको थियो।

११२ रनको विजयलक्ष्य पछ्याएको पाकिस्तानले ११.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। पाकिस्तान अब स्वर्ण पदकका लागि दोस्रो फाइनलको विजेतासँग मैदानमा उत्रिनेछ। दोस्रो सेमिफाइनलमा भारत र श्रीलंका प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  १० : ५१ बजे

पार्टी विरोधी गतिविधिमा लाग्नेलाई कांग्रेसको अनुशासन समितिले कारबाही गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि

यस्तो छ ५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक (पूर्णपाठ)

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाइँदै

काठमाडौँ– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

बझाङमा जिप दुर्घटना: चालकको मृत्यु, दुई घाइते

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको

संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

काठमाडाैँ – सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष