सुस्तायो नेप्से, कारोवार रकम पनि घट्यो « Khabarhub

सुस्तायो नेप्से, कारोवार रकम पनि घट्यो


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि र त्यसभन्दा केही दिन पहिले समेत हरेक दिन नयाँ नयाँ रेकर्ड बनाएको नेप्से पछिल्ला दिनमा भने सुस्ताएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ११.६८ अङ्कले घटेर दुई हजार ७७१.१५ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६८ ले ओरालो लागेर ४९८.८६ मा पुगेको छ । कूल २१६ कम्पनीको एक करोड ९७ लाख ८३ हजार ३५४ कित्ता शेयर रु आठ अर्ब ५९ करोड ८१ लाख ६० हजार ११७ मूल्यमा खरिद बिक्री भए ।

आजको कारोवारपछि बजार पूँजीकरण रु ३८ खर्ब ४५ अर्ब ७० करोड २५ लाख ४५ हजार ९५१ बराबर पुगेको छ । कारोवार भएका कूल १३ उपसमूह मध्ये आज तीन उपसमूहको मात्रै शेयर मूल्यमा सुधार आएको छ भने १० उपसमूहको शेयर भने ओरालो लागेको छ । विकास बैंक २१.४१, वित्त १.८८ र अन्य १४.७१ अङ्कले उकालो लागेको छ । बैंकिङ ११.७६, व्यापार ९३.५९, होटल तथा पर्यटन ९१.१६, जलविद्युत् २८.३८, निर्जीवन बीमा १२३.९९, उत्पादन ३९.०१, लघुवित्त १७.६८, जीवन बीमा १७६.६७, सामूहिक लगानी कोष ०.०१ र लगानी ०.६७ बिन्दुले ओरालो लागे ।

कारोवारका आधारमा मङ्गलबार नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५७ करोड आठ लाख १५ हजार ७८२ बराबरको कारोवार भयो । यस्तै, लुम्बिनी विकास बैंक रु ३० करोड ३८ लाख ५२ हजार १५५, राधी विद्युत् कम्पनी रु २३ करोड ३५ लाख ५४ हजार ५७०, युनाइटेड मोदी हाइड्रोपावर रु १६ करोड ५३ लाख ५२ हजार ७५४ र एशियन लाइफ इन्स्योरेन्सको रु १६ करोड ३७ लाख ४० हजार ७१७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

यस्तै, नेप्सेका अनुसार कालिका पावर कम्पनीको शेयर १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । लुम्बिनी विकास बैंक रु ८.२५, गुर्खाज फाइनान्स ७.९७, समिट लघुवित्त ७.८७ र महालक्ष्मी विकास बैंकका लगानीकर्ताले ५.४३ प्रतिशतले कमाए । त्यस्तै, दिव्यश्वरी हाइड्रोपावर ५.०२, खानीखोला हाइड्रोपावर ४.२१, जोशी हाइड्रोपावर ४.१७, आँखु खोला जलविद्युत् कम्पनी ४.१२ र माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताले ३.६१ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ६ : ३६ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र