सुस्तायो नेप्से, कारोवार रकम पनि घट्यो « Khabarhub

सुस्तायो नेप्से, कारोवार रकम पनि घट्यो


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि र त्यसभन्दा केही दिन पहिले समेत हरेक दिन नयाँ नयाँ रेकर्ड बनाएको नेप्से पछिल्ला दिनमा भने सुस्ताएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ११.६८ अङ्कले घटेर दुई हजार ७७१.१५ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६८ ले ओरालो लागेर ४९८.८६ मा पुगेको छ । कूल २१६ कम्पनीको एक करोड ९७ लाख ८३ हजार ३५४ कित्ता शेयर रु आठ अर्ब ५९ करोड ८१ लाख ६० हजार ११७ मूल्यमा खरिद बिक्री भए ।

आजको कारोवारपछि बजार पूँजीकरण रु ३८ खर्ब ४५ अर्ब ७० करोड २५ लाख ४५ हजार ९५१ बराबर पुगेको छ । कारोवार भएका कूल १३ उपसमूह मध्ये आज तीन उपसमूहको मात्रै शेयर मूल्यमा सुधार आएको छ भने १० उपसमूहको शेयर भने ओरालो लागेको छ । विकास बैंक २१.४१, वित्त १.८८ र अन्य १४.७१ अङ्कले उकालो लागेको छ । बैंकिङ ११.७६, व्यापार ९३.५९, होटल तथा पर्यटन ९१.१६, जलविद्युत् २८.३८, निर्जीवन बीमा १२३.९९, उत्पादन ३९.०१, लघुवित्त १७.६८, जीवन बीमा १७६.६७, सामूहिक लगानी कोष ०.०१ र लगानी ०.६७ बिन्दुले ओरालो लागे ।

कारोवारका आधारमा मङ्गलबार नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५७ करोड आठ लाख १५ हजार ७८२ बराबरको कारोवार भयो । यस्तै, लुम्बिनी विकास बैंक रु ३० करोड ३८ लाख ५२ हजार १५५, राधी विद्युत् कम्पनी रु २३ करोड ३५ लाख ५४ हजार ५७०, युनाइटेड मोदी हाइड्रोपावर रु १६ करोड ५३ लाख ५२ हजार ७५४ र एशियन लाइफ इन्स्योरेन्सको रु १६ करोड ३७ लाख ४० हजार ७१७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

यस्तै, नेप्सेका अनुसार कालिका पावर कम्पनीको शेयर १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । लुम्बिनी विकास बैंक रु ८.२५, गुर्खाज फाइनान्स ७.९७, समिट लघुवित्त ७.८७ र महालक्ष्मी विकास बैंकका लगानीकर्ताले ५.४३ प्रतिशतले कमाए । त्यस्तै, दिव्यश्वरी हाइड्रोपावर ५.०२, खानीखोला हाइड्रोपावर ४.२१, जोशी हाइड्रोपावर ४.१७, आँखु खोला जलविद्युत् कम्पनी ४.१२ र माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताले ३.६१ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ६ : ३६ बजे

नेपालगञ्जमा हत्याको आरोपमा छ जना पक्राउ

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिका–१२, बेलासपुरमा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले

‘ओली दुईतिहाइको घमण्डले डुबे, बालेनलाई पनि सम्झाउनुपर्ने भयो’

२१ फागुनमा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले जबरजस्त जनमत प्राप्त

रुसले युद्धविराम उल्लङ्घन गरेको युक्रेनको आरोप

एजेन्सी– रुसले युक्रेनले प्रस्ताव गरेको एकपक्षीय युद्धविरामलाई उल्लङ्घन गर्दै रातभरि

‘सिआरसी प्रतिवेदन अघि बढाउन मन्त्रालय प्रतिबद्ध छ’

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीले बाल अधिकारसम्बन्धी

दुईतिहाइको नेकपा र ओली सम्झिँदै गगनले बालेनलाई भने : बहुमत छ भन्दैमा जे पनि गर्न पाइँदैन

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनादेशलाई सम्मान गर्दै राष्ट्रिय