वन संरक्षणमा समुदायको भूमिका प्रशंसनीय : वनमन्त्री आले « Khabarhub

वन संरक्षणमा समुदायको भूमिका प्रशंसनीय : वनमन्त्री आले


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वन तथा वातारणमन्त्री प्रेमबहादुर आलेले सामुदायिक वनको माध्यमद्वारा स्थानीय समुदायले वन क्षेत्रको संरक्षण गरेका कारण नेपालमा ठूलो मात्रामा वन क्षेत्र कायम भएको बताएका छन् ।

सामुदायिक वन उपभोक्ता महासङ्घको २६ औँ स्थापना दिवशका अवसरमा आज आयोजित भर्चुअल कार्यक्रममा मन्त्री आलेले आलेले नेपालको वन संरक्षण तथा व्यवस्थापनमा महासङ्घले महत्वपूर्ण भूमिका खेलेकामा प्रशंसा गरे । उनले भने, “महासङ्घले वन जोगाउन र संरक्षण गर्न खेलेको भूमिका प्रशंसनीय छ, उपभोक्ता तथा समुदायकै कारण अहिले नेपालमा वन जोगिएको हो ।”

मन्त्री आलेले ‘हरियो वन, नेपालको धन’ भन्ने नारा साकार पार्न सबैले वन क्षेत्रको संरक्षण तथा हरियाली बनाउन आवश्यक रहेको बताए । पछिल्लो समय नेपालको सामुदायिक वन संरक्षणको अभ्यास विश्वभरि नै परिचित भएको भन्दै मन्त्री आलेले उक्त कुराले गर्वको अनुभति भएको उल्लेख गरे ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  १० : ३० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै