नेपाल कोरिया मैत्री अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण « Khabarhub

नेपाल कोरिया मैत्री अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई ६३ अक्सिजन कन्सेन्टरेटर प्रदान गरिएको छ ।

आज अस्पतालमा आयोजित कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगर प्रमुख मदनसुन्दर श्रेष्ठलाई इन्गेज नेपालका डा दिबेश कर्माचार्यले ती अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।

संस्थाका डा कर्माचार्यको समन्वय नेपालका लागि पूर्व अमेरिकाका राजदुत स्टक डेलिसि मार्फत् १० लि को ७५ लाख रुपैंयाँ बराबरको ती हाइपर्फमेन्स् अक्सिजन कन्सेन्टरेटर अस्पतालाई हस्तान्तरण गरेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

उनले नगरपालिका आफैँले सञ्चालनमा ल्याएको दैनिक ३० सिलिण्डर अक्सिजन उत्पादन हुने प्लान्ट र दाताबाट आएको अक्सिजन कन्सेन्टरेटरले बिरामीको उपचारमा थप सहयोग पुग्ने बताए ।

त्यसैगरी अस्पतालका लागि ‘वन लभ वन वल्र्ड’ नामको संस्थाले पाँच ह्विल चियर, तीन निबुलाइजर मेसिन, पाँच अक्सिमिटर, ५०० पञ्जा, नौ आईभि स्ट्याण्ड, पाँच कम्बोड, २५ वेडसिट २५ थ, दुई तौल मेसिन, पाँच युरिनल, पाँच वेडप्यान, बाल्टिन, तकियालगायतका सामाग्री संस्थाका निर्देशक ऋतु श्रेष्ठले नगर प्रमुख श्रेष्ठलाई हस्तान्तरण गरे ।

त्यस्तै अस्पताललाई चार सहकारी संस्थाले चार लाख ५९ हजार ९५० रुपैंयाँमा बराबरको पेसेन्ट मनिटर प्रदान गरेका छन् । अस्पतालमा आईसियू तथा भेन्टिलेटरमा रहेका बिरामीका लागि बाबा बचत तथा ऋण सहकारीका अध्यक्ष ज्ञानराम श्रेष्ठ, शुभश्री बचत तथा ऋण सहकारीका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठ, उपकार बचत तथा ऋण सहकारीका अध्यक्ष कान्छाभक्त घजु र नवआदर्श बचत तथा ऋण सहकारीका अध्यक्ष राकेश श्रेष्ठले सहकारीको बजेटमा खरिद गरी हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ९ : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै