राउटे युवतीलाई यौन दुर्व्यवहारको अभियोगमा ३ जना जेल चलान « Khabarhub

राउटे युवतीलाई यौन दुर्व्यवहारको अभियोगमा ३ जना जेल चलान


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

सुर्खेत जिल्ला अदालतका न्यायाधीश दीलप्रसाद सापकोटाको इजलासले उनीहरूलाई कारागार चलान गर्न आदेश दिएको थियो ।

जिल्ला अदालतका सूचना अधिकारी नरेन्द्रप्रसाद पोखरेलका अनुसार सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको हो ।

ती युवाहरूले राउटे समुदायकी १९ वर्षीय र २३ वर्षीय युवतीलाई होटलमा लगेर मदिरा सेवन गराएर यौन दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ८ : ०३ बजे

वर्तमान परिस्थीतिमा ओलीलाई नै पार्टीको अध्यक्षको रुपमा चयन गर्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं– नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मुलुकको वर्तमान परिस्थीतिमा केपी

लगानी प्रवर्द्धन तथा सुरक्षाको प्रत्याभूति नीति आवश्यक : अध्यक्ष अग्रवाल

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले निजी

राष्ट्रियसभा अध्यक्ष दाहालसँग प्रमुख निर्वाचन आयुक्त भण्डारीको भेट

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रिय

नेपाल पे जारी गर्ने सम्बन्धमा एनआईसी एशिया बैंक र एनसीएचएलबीच सम्झौता 

काठमाडौं– एनआईसी एशिया बैंकले ग्राहकलाई नेपाल पे जारी गर्ने सम्बन्धमा नेपाल

जेन-जी आन्दोलनमा लुटिएको स्वाचलित पेस्तोलसहित ३ जना पक्राउ

काठमाडौं- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्वचालित हतियारसहित तीन