४४ वर्षदेखि फरार दुई अभियुक्त पक्राउ « Khabarhub

४४ वर्षदेखि फरार दुई अभियुक्त पक्राउ


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही-  हत्या आरोपमा ४४ वर्षदेखि फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद सजाय सुनाइएका दुई जनालाई ४४ वर्षपछि रुपन्देहीबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी डा. मनोज केसीका अनुसार पक्राउ पर्नेमा रूपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका–२ का ७० वर्षीय चिनगुद चाई र ७० वर्षीय कप्तान चाई रहेका छन् ।

उनीहरूलाई प्रहरीले आफ्नै घरमा बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।  एसपी केसीका अनुसार २०३४ साल असोज २३ गते राति ओरी अहिर र कृष्णप्रसाद अहिरको हत्या भएको थियो ।

सर्वोच्च अदालतले दुबै जनालाई २०४० साल वैशाख ८ गते कर्तव्य ज्यानमुद्दामा सर्वस्वसहित जन्मकैद सजाय फैसला गरेको थियो। फैसला यता दुबै जना हालसम्म फरार थिए ।

प्रहरीले दुबै अभियुक्तलाई जिल्ला अदालत रूपन्देहीले फैसला कार्यान्वयनको लागि कारागार चलान गरिसकेको छ ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  १० : ४० बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका