कोरोनाको मार : एक वर्षमा २ लाख ३० हजार मात्रै पर्यटक | Khabarhub Khabarhub

कोरोनाको मार : एक वर्षमा २ लाख ३० हजार मात्रै पर्यटक



काठमाडौँ– कोरोना भाइरस संक्रमणको असर आमजनजीवन र व्यवसायका सबै क्षेत्रमा झैँ पर्यटन क्षेत्रमा पनि परेको छ । नेपालमा पर्यटन व्यवसाय झन्डै शून्यको अवस्थामा छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको ‘नेपाल टुरिजम स्टाटिस्टिक २०२०’ अनुसार नेपालमा सन् २०१९ को तुलनामा सन् २०२० मा विदेशी पर्यटकको संख्या झन्डै ८१ प्रतिशतले घटेको छ ।

सन् २०१९ मा हवाई मार्गबाट ९ लाख ९५ हजार ८८४ जना र स्थलमार्गबाट २ लाख १ हजार ३०७ जना गरी कुल ११ लाख ९७ हजार १९१ जना पर्यटक नेपाल आएका थिए ।

सन् २०२० मा हवाईमार्गबाट १ लाख ८३ हजार १३० जना र स्थलमार्गबाट ४६ हजार ९५५ गरी एक कुल २ लाख ३० हजार ८५ जना पर्यटक नेपाल आए ।

सन् २०१९ को तुलनामा सन् २०२० मा कुल पर्यटक संख्या ८० दशमलव ८ प्रतिशतले घटेको छ । यसै गरी, हवाई मार्गबाट आउने पर्यटकको संख्या ८१.६ प्रतिशतले र स्थलमार्गबाट आउनेको संख्या ७६ दशमलव ७ प्रतिशतले घटेको छ ।

बसाइ लम्बियो

सन् २०१९ को तुलनामा २०२० मा पर्यटक ह्वात्तै घटे पनि नेपाल बसाइ अवधि भने लम्बिएको छ ।  सन् २०१९ सरदर बसाइ अविधि १२ दशमलव ७ दिन रहेकोमा सन् २०२० मा २ दशमलव ४ दिनले बढेर सरदर १५ दशमलव १ दिन भएको छ । यो वृद्धि १८ दशमलव ९ प्रतिशत हो ।

सन् २०१९ को अत्यतिर चीनको वुहानमा कोरोना भाइरस संक्रमण देखापर्‍यो । भाइरस संसारभर फैलिन थाल्यो । नेपालमा पनि संक्रमितहरू फेला परे । हवाई यातायात बन्द भयो । सीमा नाकाहरूका कडाइ गरियो ।

कोरोना भाइरस नियन्त्रणका लागि नेपाल सरकारले २०७६ साल चैत ११ (सन् २०२० मार्च २४) देखि मुलुकभर लकडाउन ग¥यो । चार महिना पूर्ण लकडाउन भयो र खुकुलो हुँदै गयो । जनजीवन सामान्य हुँदै जाँदा फेरि निषेधाज्ञा ‘भनेर’ लकडाउन भएको दुई महिना भएको छ ।

सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सन् २०२० मा ‘नेपाल भ्रमण वर्ष’ आयोजना गरेको थियो । भ्रमण वर्षको लक्ष्य पूरा गर्न पर्यटक नेपाल आउने अधिकांश मुलुकमा प्रचारप्रसार गरिएको थियो ।

भ्रमण वर्षको सबैजसो तयारी पूरा हुँदा एकाएक कोरोना भाइरस संक्रमण फैलिन थालेपछि पर्यटक आगमन ओह्रालो लागेको थियो । पर्यटक संख्या र पर्यटन व्यवसाय सामान्य अवस्थामा फर्किन कति समय लाग्छ भन्ने अनुमान गर्न नसकिने अवस्था छ ।

सबैभन्दा धेरै भारतीय

नेपाल आउने पर्यटकमा सबैभन्दा बढी भारतीयहरू हुन्छन् । सन् २०१९ मा आएका कुल पर्यटकमध्ये २६ प्रतिशत भारतीय थिए । सन् २०२० मा नेपाल भारतबाट ४० हजार ३६६ जना आएका छन् । यो संख्या कुल पर्यटकको २१ दशमलव २५ प्रतिशत हो ।

भारतपछि चीन, म्यानमार, अमेरिका, थाइल्यान्ड, बेलायत र श्रीलङ्काबाट धेरै पर्यटक आउने गरेका छन् ।

धेरै जसो विदेशी पर्यटकहरू फुर्सदको समय बिताउन, तीर्थयात्रा गर्न, टे«किङ गर्न र पर्वतारोहणका लागि नेपाल आउने गर्छन् ।

५८ वर्षमा झन्डै २ करोड पर्यटक

‘नेपाल टुरिजम स्टाटिस्टिक २०२०’ अनुसार विगत ५६ वर्षमा नेपाल भ्रमणको लागि १ करोड ९० लाख २० हजार पर्यटक आएका छन् ।

पहिलो अभिलेखअनुसार सन् १९६४ मा ९ हजार ५२६ पर्यटक नेपाल आएका थिए । बाह्र वर्षमा यो संख्या एक हजार ११ गुणा बढेर सन् १९७६ मा १ लाख ५ हजार पुग्यो । यसै गरी अर्को दश वर्षमा ११२ प्रतिशतभन्दा धेरैले बढेर १९८६ मा २ लाख २३ हजार पुग्यो ।

 

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ११ : ११ बजे

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

काठमाडौं – काठमाडौंको टोखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

शान्तिपूर्ण रुपमा स्ववियु निर्वाचन गराउन शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निष्पक्ष एवम् तटस्थ

मजदुर सङ्गठनले ‘हान’लाई बुझाए ध्यानाकर्षणपत्र

काठमाडौं – मुख्य राजनीतिक दल निकट मजदुर सङ्गठनले होटल एसोसियसन

कालीगण्डकी नदीमा दुई मजदुर मृत फेला

पाल्पा – पाल्पाको बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा दुई मजदुर मृत

‘राजागंज’ हेरेपछि सीके राउतले भने– सेन्सरविरुद्ध आवाज उठाउँछौं

काठमाडौं – फिल्म ‘राजागंज’मा सेन्सर बोर्डले जथाभावी कैँची चलाएको भन्दै