निर्माण सम्पन्न नहुँदै मुख्यमन्त्रीले उद्घाटन गरेको अस्पताल अझै सञ्चालन भएन | Khabarhub Khabarhub

निर्माण सम्पन्न नहुँदै मुख्यमन्त्रीले उद्घाटन गरेको अस्पताल अझै सञ्चालन भएन


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मुख्यमन्त्री लालबाबु राउतले निर्माण सम्पन्न नहुँदै उद्घाटन गरेको कोभिड अस्पताल अझै सञ्चालनमा आएको छैन ।

जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलियास्थित मणिपाल शिक्षण अस्पतालको निर्मित भवनमा मर्मत सम्भार गरी उद्घाटन गरेको अस्पताल अझै सञ्चालनमा आउन सकेका छैन ।

निर्माण सम्पन्न गर्ने सम्झौता अवधि सकिएको एक महिना बितिसक्दासमेत कोभिड विशेष अस्पताल सञ्चालन अन्यौलमै छ ।

गत असार ३ गते मुख्यमन्त्री राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रुपमा एक सय शैय्याको अस्पताल उद्घाटन गरेका थिए ।

सरकारले दुई पटक निर्णय र बजेटमै समावेश गरी सञ्चालनमा ल्याउने घोषणा गरे पनि काम भने गति लिएको छैन । कोरोना महामारीको पहिलो लहरमै सरकारले कोरोनासँग जुध्न त्यहाँ कोभिड अस्पताल निर्माण गर्ने मन्त्रिपरिषद्बाट निर्णय गरेका थिए । तर विस्तारै कोरोना महामारीको संक्रमण कम हुन थालेपछि निर्माणको प्रक्रियासमेत अगाडी बढेको थिएनन् ।

दोस्रो लहरमा भेरिएन्टसहितको कारोना आएपछि पुनः सरकारले वैशाख १७ गतेको मन्त्रिपरिषद्बाट निर्माण गर्ने निर्णय गरे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रम अन्तरगत २० आइसीयुसहित एक सय शैय्याको अस्पताल मर्मत सम्भारको काम वैशाख २९ गते डिजाईनर्स नेपाल भत्तपुरका निर्माण कम्पनीलाई दिए । दुर्ई करोड ७० लाख करसहितको रकममा कम्पनीले २१ दिन भित्र सम्पन्न गरेर दिने सम्झौता गरेका थियो । तर, काम सुरु भएको दुई महिनापछि हस्तान्रण गेरपनि २५ प्रतिशत काम बाँकी नै छ ।

यस विषयमा प्रदेश सरककारका प्रतिनिधिहरुले कुनै प्रतिक्रिया दिन मानेनन् । निर्माण कम्पनीको प्रोजेक्ट म्यानेजर सशांक सिग्देलले थोरै सानो सानो काम बाँकी रहेको बताए ।

उनका अनुसार ९५ प्रतिशत भन्दा बढी काम सम्मपन्न भइसकेको छ । कम्पनीले मर्मत सम्भार, झ्याल, ढोका, प्लास्टर, पेन्टीङ, फोहर व्यवस्थापन गर्ने र अस्पतालका लागि चाहिने बेड सेटसहित हस्तान्तरण गरेको छ । अस्पतालमा ३० वटा कोठामध्ये चार वटा कोठा अझै मर्मत सम्भार भएको छैन् । लकडाउनका कारण समान र जनशक्ति अभावमा निर्माणमा ढिलाई भएको उनले बताए ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  २ : ४५ बजे

प्रधानमन्त्रीलाई आमा विपिनकी बहिनीको गुहार- हाम्रो पीडा तपाईंले बुझ्नु हुन्छ

काठमाडौं– प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा

कानुन मन्त्री बन्दै सर्वोच्चका पूर्वन्यायाधीश सिन्हा

काठमाडौँ- सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा कानून, न्याय तथा संसदीय

स्वास्थ्य मन्त्री बन्दै डाक्टर संगीता कौशल मिश्रा

काठमाडौँ- डाक्टर संगीता कौशल मिश्रा स्वास्थ्य मन्त्री बन्ने भएकी छन्

मुस्ताङको कागबेनीमा तीर्थालुको आगमन घट्यो

मुस्ताङ– दिवङ्गत पितृ उद्धारका लागि प्रसिद्ध मानिएको यहाँको धार्मिक तीर्थस्थल

तुइन खोलाको पहिरो पन्छाएपछि एकतर्फी खुल्यो नारायणगढ-मुग्लिन सडक

काठमाडौं– चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला नजिक खसेको पहिरोका कारण