बेलायतमा जनवरीपछिकै सबैभन्दा धेरै सङ्क्रमित भेटिए | Khabarhub Khabarhub

बेलायतमा जनवरीपछिकै सबैभन्दा धेरै सङ्क्रमित भेटिए


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलायतमा गएको जनवरी महिना पछिकै सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमित बुधबार भेटिएका बताइएको छ । बेलायतमा पाँच महिनापछि बुधबार सबैभन्दा धेरै कोरोना सङ्क्रमित भेटिएका बताइएको हो । त्यहाँको सरकारी निकायले सार्वजनिक गरेको तथ्यांकमा बुधबार पाँच महिना यताकै धेरै सङ्क्रमित भेटिएको पाइएको छ ।

बुधबार त्यहाँ २६ हजार ६८ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका हुन् । गएको २४ घन्टामा बुधबार ती सङ्क्रमित भेटिएको यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

त्यहाँ यो भन्दाअघि गत जनवरी महिनामा यतिधेरै संक्रमित देखिएका थिए । यहाँ अहिलेसम्ममा देशभरिमा कोरोनाका ४८ लाखभन्दा बढी संक्रमित भेटिएका पाइएको छ । बेलायतमा कोरोना भाइरसबाट अहिलेसम्म कम्तीमा १ लाख २८ हजार १४० जनाको मृत्यु भइसकेको छ । यहाँ बुधबार मात्र १४ जना सङ्क्रमितको मृत्यु भएको बताइएको छ ।

अधिकारीहरुले पछिल्लो समयमा फेरि बेलायतमा दैनिक देखिने संक्रमितहरुको संख्या बढ्न थालेको बताएका छन् । यहाँ सङ्क्रमित देखिएको तुलनामा मृत्यु दर भने कम हुदै गएको पाइएको छ ।

यहाँ केही महिना अघिदेखि सङ्क्रमितहरु घट्दै गएकोमा पछिल्ला केही हप्तामा सङ्क्रमितहरु बढ्दै गएको देखिएको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ३ : ४४ बजे

कानुन मन्त्री बन्दै सर्वोच्चका पूर्वन्यायाधीश सिन्हा

काठमाडौँ- सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा कानून, न्याय तथा संसदीय

स्वास्थ्य मन्त्री बन्दै डाक्टर संगीता कौशल मिश्रा

काठमाडौँ- डाक्टर संगीता कौशल मिश्रा स्वास्थ्य मन्त्री बन्ने भएकी छन्

मुस्ताङको कागबेनीमा तीर्थालुको आगमन घट्यो

मुस्ताङ– दिवङ्गत पितृ उद्धारका लागि प्रसिद्ध मानिएको यहाँको धार्मिक तीर्थस्थल

तुइन खोलाको पहिरो पन्छाएपछि एकतर्फी खुल्यो नारायणगढ-मुग्लिन सडक

काठमाडौं– चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला नजिक खसेको पहिरोका कारण