१९ अंकले बढ्यो नेप्से, ६ अर्ब ७० करोडको कारोबार « Khabarhub

१९ अंकले बढ्यो नेप्से, ६ अर्ब ७० करोडको कारोबार


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से १९.१२ अंकले बढेको छ । यससँगै नेप्से सूचक २ हजार ८४३ बिन्दुमा पुगेर बन्द भएको छ ।

आज कूल २२४ कम्पनीको ३ करोड २८ लाख ३८ हजार ९९३ कित्ता शेयर ७० हजार १९८ पटक खरीद बिक्री हुँदा कारोबार रकम ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार ४८४ रूपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार कारोबारमा आएका कूल १३ वटा समूहमध्ये १२ वटा उपसमूहको सूचक बढेको छ भने निर्जीवन बीमा कम्पनीको सूचक सामान्य घटेको छ ।

होटल र पर्यटन र विकास बैंकको सूचक साढे ३ प्रतिशतले बढेको बजारमा फाइनान्स करिब ३ प्रतिशत तथा अन्य र लगानीको सूचक १ प्रतिशत धेरैले बढेको छ ।

यी हुन् सर्वाधिक कमाउने कम्पनीहरु

आज सबैभन्दा धेरै नेको इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ३० करोड ७२ लाख ४१ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै ज्योति विकास बैंकको १८ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

मेगा बैंकको १८ करोड २४ लाख, बुटवल पावर कम्पनीको १६ करोड ६९० लाख, नेपाल पुनर्बीमा कम्पनीकिो १६ करोड ४० लाख, एनएलजी इन्स्योरेन्स कम्पनीको १२ करोड ६० लाख र नेपाल इन्स्योरेन्स कम्पनीको १२ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ५ : ४५ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको