शुक्रबार बस्ने एमाले केन्द्रीय कमिटी बैठकमा नजाने नेपाल पक्षको निर्णय « Khabarhub

शुक्रबार बस्ने एमाले केन्द्रीय कमिटी बैठकमा नजाने नेपाल पक्षको निर्णय


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको माधव नेपाल पक्षले शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारका लागि बोलाएको केन्द्रीय कमिटी बैठक ‘अवैध’ भन्दै नेपाल समूहले सहभागीता नजनाउने निर्णय गरेको हो ।

बिहीबार बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले सो बैठकमा सहभागी नहुने निर्णय गरेको नेता भीम रावलले जानकारी दिए ।

उनले भने,‘अध्यक्ष केपी ओली लगायतका नेताहरुसँग वार्ता गरिएको थियो । केन्द्रीय कमिटी, निकाय र मातहतका सबै पार्टी कमिटी, जनसंघठनलाई २०७५ साल जेठ २ गतेभन्दा अघिबाट शुरु गर्न आग्रह गरेका थियौँ। यसप्रति हामी अझैपनि सकारात्मक छौं । तर विधानविपरित महाविधेशन आयोजक कमिटीको बैठक र त्यसका निर्णयका कारण पार्टी एकता हासिल गर्न अवरोध पुग्ने भएकाले भोलिको बैठकमा सहभागी नहुने निर्णय गरेका छौँ।’

नेता नेपाल समूहले एमालेभित्र देखिएको विवाद वार्ता र सहमतिबाट समाधान गर्नुपर्ने समेत निर्णय गरेको छ । स्थायी कमिटीको निर्णयपछि मात्रै केन्द्रिय कमिटीको बैठक बोलाइनुपर्ने नेपाल समूहको माग छ ।

भोलिको बैठकमा सहभागी नहुने निर्णय गरेर नेता नेपाल समुहका नेताहरु भने ओली समूहका नेताहरुसँग छलफलका लागि ललितपुरको समिट होटलमा पुगेका छन् ।

छलफलका लागि वरिष्ठ नेता माधवकुमार नेपालसहित नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र भीम आचार्य सहभागी छन् । ओली समूहबाट भने नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल सहभागी छन् ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ७ : ०९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै