प्रतिनिधिसभामा पेश हुन नसकेका सबै अध्यादेश राष्ट्रियसभामा | Khabarhub Khabarhub

प्रतिनिधिसभामा पेश हुन नसकेका सबै अध्यादेश राष्ट्रियसभामा


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बिहीबार शुरू भएको राष्ट्रियसभाको आठौँ अधिवेशनमा १६ वटा अध्यादेश पेश भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानूनमन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र शपथ सम्बन्धी अध्यादेश, २०७८ पेश गरे ।

यसै गरी उपप्रधानमन्त्री तथा अर्थमन्त्री र गृहमन्त्री विष्णुप्रसाद पौडेलको तर्फबाट मन्त्री वसन्तकुमार नेम्वाङले नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८; नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८; सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८; आर्थिक अध्यादेश, २०७८; विनियोजन अध्यादेश, २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ पेश गरे ।

सर्वोच्च अदालतले कार्यान्वयनमा रोक लगाएको नागरिकता सम्बन्धी अध्यादेश पेश गर्न नमिल्ने भन्दै माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले नियमापत्ति गरेका थिए । अध्यक्ष गणेश तिमिल्सिनाले नियमापत्ति लागू नहुने जनाउँदै अध्यादेश पेश गर्न समय दिएका थिए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले रेल्वे अध्यादेश, २०८७ पेश गरे । कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७; फौजदारी कसुर तथा फौजदारी कार्यविधि केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ र यौन हिंसा विरुद्धका केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ पेश गरे ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८; कोभिड–१९ व्यवस्थापन अध्यादेश, २०७८ र औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८ पेश गरे ।

यीमध्ये केही अध्यादेश प्रतिनिधिसभाको बैठकमा पेश गर्ने तयारी थियो । सर्वोच्च आदालतको आदेशमा गत फागुन २३ गते शुरू भएको प्रतिनिधिसभाको अधिवेशनको पहिलो बैठकमा अध्यादेशहरू पेश गर्ने कार्यसूची रहेको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले अध्यादेश पेश गर्न समय दिएपछि मुख्य विपक्षी दल नेपाली कांग्रेस र सत्तारूढ दलका केही सांसदहरूले अवरोध सिर्जना गरेका थिए । केही सत्तारूढ सांसदहरू बैठक बहिष्कार गरेर बाहिरिएका थिए भने कांग्रेस सांसदहरूले बैठकमा नारा लगाएका थिए ।

अवरोधका कारण पहिलो बैठकमा अध्यादेशहरू पेश हुन सकेनन् । प्रतिनिधिसभा नियमावलीमा संसद अधिवेशन शुरू भएको पहिलो बैठकमा अध्यादेशहरू पेश गर्ने व्यवस्था छ ।

पछिल्ला बैठकहरूमा पेश गर्ने प्रयास भए पनि सहमति हुन सकेन । अन्ततः कुनै पनि अध्यादेश पेश नभई सरकारले सभामुखलाई समेत जानकारी निदिई प्रतिनिधिसभा अधिवेशन अन्त्य ग¥यो । हाल प्रतिनिधिसभा भङ्ग रहेको छ ।

प्रतिनिधिसभा नरहे पनि संघीय संसद्का दुई अधिवेशन बीचको फरक ६ महिनाभन्दा बढी नहुने संवैधानिक प्रावधानअनुसार बिहीबार राष्ट्रियसभाको अधिवेशन शुरू भएको हो ।

प्रतिनिधिसभाको गत अधिवेशनमा अध्यादेशहरू पेश हुन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख सापकोटाप्रति चर्को असन्तुष्टि प्रकट गर्दै आएका थिए । प्रधानमन्त्रीले सभामुखले अध्यादेशहरू रोकेर राखेको र पहिलो बैठकमा पेश गर्नुपर्ने प्रावधान उल्लंघन गरेको आरोप लगाउँदै आएका थिए ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ७ : ३९ बजे

महँगा कलाकार ‘माग्ने बूढा’ कृषाको ‘जहाजै’मा अनुबन्ध

काठमाडौं – केदार घिमिरे ‘माग्ने बूढा’को फिल्म ‘माग्ने राजा’ भदौं

भोजपुरका छ स्थानीय तह पूर्णखोप सुनिश्चित पालिका घोषणा

टक्सार– जिल्लाका छ वटा स्थानीय तह पूर्णखोप सुनिश्चित तथा दिगोपना

काभ्रेमा पनौतीबाहेक सबै स्थानीय तहले ल्याए बजेट तथा कार्यक्रम

काभ्रेपलाञ्चोक– यहाँका १३ स्थानीय तहमध्ये १२ ले तोकिएको समयभित्र नै

भन्सारसम्बन्धी विधेयकमाथि विधायन समितिमा सैद्धान्तिक छलफल

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार प्रक्रियालाई व्यवस्थित, पारदर्शी

सीएनएनको समाचारले ट्रम्पलाई तनाव, भने- फोर्डोबाट इरानले युरेनियम हटाएको मलाई विश्वास छैन

वासिङ्टन- अमेरिकी सञ्चार संस्था सीएनए र न्यूयोर्क टाइम्सले इरानका परमाणु