सत्ता समीकरण मिलाउन प्रचण्ड भेटवार्तामा | Khabarhub Khabarhub

सत्ता समीकरण मिलाउन प्रचण्ड भेटवार्तामा


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता समीकरण मिलाउन आन्तरिक दौडधुपमा लागेका छन् ।

सरकार गठन भएको लामो समयसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्दा प्रचण्डले राजनीतिक भेटवार्तालाई बढाएका छन् ।

उनले सत्तारुढ गठबन्धनका नेताहरूसँग निरन्तर वार्ता गरिरहेका छन् । यही क्रममा प्रचण्डले आज नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका छन् ।

नेता नेपाललाई भेट्न प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका छन् ।

एमाले एकता वा विभाजनको निर्णायक चरणबाट गुज्रिरहेका बेला प्रचण्ड र नेपालबीचको आजको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ । दुई नेताबीच आज सत्ता सहकार्यबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

यता एमालेको नेपाल समूहभित्र सत्तामा जाने कि नजाने भन्नेमा तीव्र मतभेद छ । नेपाल समूह भित्रैका केहीले पार्टी एकतामा जोड दिँदै सरकारमा जान नहुने बताइरहेका छन् भने कतिपयले आफैले निर्माण गरेको सरकारमा सहभागी भएर हिस्सा लिनुपर्ने बताइरहेका छन् ।

शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको थियो । सो अवसरमा केही दिनभित्रै सत्तासाझेदार दलबीच छलफल गरी मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सहमति भएको जनाइएको छ।

सरकारमा सहभागिताबारे माधव समूहले निर्णय लिन नसक्दा मन्त्रिपरिषद् बिस्तार हुन सकेको छैन । पार्टी एकताका लागि प्रयास गर्ने भन्दै शनिबार एजेण्डामा प्रवेश नगरी एमाले स्थायी कमिटी बैठक स्थगित भएको थियो ।

हिजो स्थगित भएको बैठक आज अपरान्ह ३ बजे बस्ने भनिएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  १ : ३९ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर