कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू) « Khabarhub

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)


२५ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा– काठमाडौँ सडकमा सवारीको चाप परेको छ।

मुख्य सडकबाट आवागमन हुन नसकेपछि काठमाडौँ आउने तथा  काठमाडौँबाट बाहिरिने सवारीसाधन वैकल्पिक मार्गतर्फ मोडिँदा हेटौंडा– काठमाडौँ सडकमा पछिल्लो एक सातादेखि सवारी चाप अत्यधिक बढेको छ । 

सवारीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले भदौ १६ गतेदेखि साना–ठूला सवारीलाई काठमाडौँ–हेटौँडा आवतजावत गर्न छुट्टाछुट्टै रूट तोकेको छ ।

१० चक्कासम्मका मालवाहक सवारीसाधन काठमाडौँतर्फ आउन त्रिभुवन राजपथ र फर्कंदा कान्ति राजमार्ग प्रयोग भइरहेको छ । हेटौँडाबाट काठमाडौँतर्फ आउने १४ सिटभन्दा कम क्षमताका सवारीसाधनलाई भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै आउजाउ गर्न रूट तोकिएको छ । काठमाडौँबाट हेटौँडातर्फ जाने गाडी फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी मार्गमा चलेका छन् ।

साँघुरो पहाडी सडकमा एकैपटक बढेको ट्रक, बस तथा अन्य सवारीसाधनको चापका कारण यात्रुले लामो समय जाममा बस्नुपर्ने अवस्था छ । यसले नियमित आवागमन मात्र होइन, काठमाडौंका लागि अत्यावश्यक वस्तु तथा ग्यासलगायतका सामग्रीको ढुवानीसमेत प्रभावित बनाएको छ । 

कृष्णभीरमा पहिरो खसेपछि पश्चिम नेपालतर्फ जाने सार्वजनिक यातायात, ग्यास, खाद्यान्नसहित अत्यावश्यक वस्तु ढुवानी गर्ने सवारीले यो बाटो प्रयोग गर्दै आएका छन् । 

करिब ३ घण्टाको हेटौँडा–काठमाडौँ सडक यात्रा सवारी चापका कारण अहिले पाँच घण्टासम्म लम्बिएको छ । 

तस्बिर : दृष्टान्त बिडारी/नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार  ११ : ३१ बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६