सवारी चालक अनुमतिपत्रको ट्रायल भदौमा खुलाउने तयारी | Khabarhub Khabarhub

सवारी चालक अनुमतिपत्रको ट्रायल भदौमा खुलाउने तयारी

प्रतिक्षामा बसेका ७ लाखलाई यातायात कार्यालयले सम्पर्क गर्ने


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यातायात व्यवस्था विभागले भदौबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) खुलाउने तयारी गरेको छ ।

यसअघि प्रदेश सरकारले कुनै निर्णय नगरेकाले ट्रायल खोल्ने काम अन्योल देखिएको थियो । यद्यपी अब पनि प्रदेश सरकारले निर्णय नलिए विभागले भदौको पहिलो साताबाटै सवारी चालक अनुकति पत्र खुलाउने तयारी गरेको विभागका महानिर्देशक नमराज घिमिरेले खबरहबलाई बताए ।

‘अहिलेसम्म प्रदेश सरकारको निर्णय कुरेर बसेका छौँ’ उनले भने, ‘यो महिना हेर्छौ त्यसपछि पनि खुलाएनन् भने विभागबाट सुचना निकालेर ट्रायल खुलाउछौं ।’

पहिलो चरणको लकडाउन ०७६ चैत्रबाट बन्द भएको ट्रायलको कामलाई विभागले डिजिटल माध्यमबाट फारम भर्न मिल्ने गरी ७७ पुस १४ गतेबाट खुलाएका थियो ।

यससँगै करिब ४ महिनामा पछि अर्थात कोरोना भाइरस न्यूनीकरणका लागि गरिएको दोस्रो चरणको लकडाउनसँगै गत वैशाखबाट लाइसेन्सको काम बन्द भएको थियो ।

पुसदेखि वैशाखसम्म फारम भरेका झण्डै ६ लाख मानिसहरु ट्रायलको प्रतिक्षामा छन् ।

अब नयाँ ट्रायल खुलेसँगै प्रतिक्षामा रहेकाको पालो क्रमश आउने बताउँछन् विभागका सूचना अधिकारी लोकनाथ भुसाल ।

‘करिब ६ लाख व्यक्तिहरुले ट्रयालको लागि फारम भर्नुभएको थियो उहाँहरु प्रतिक्षामा हुनुहुन्छ’ भुसाल भन्छन्, ‘ट्रायल खुल्नासाथ जहाँबाट फारम भरेको हो त्यहीको सम्बन्धित कार्यालयले सम्पर्क गर्नेछ ।’

कसरी हुन्छ परीक्षा ?

लाइसेन्स लिनका लागि हुने परीक्षा प्रणालीलाई केही खुकुलो बनाउने तयारी विभागले यसअघि नै थालिसकेको छ ।

‘मोटरसाइकल स्कुटरको चालक अनुमति पत्रका लागि लिइने मा लिखित परीक्षाको वस्तुगत प्रश्नोत्तर संग्रह २०७८’ कार्यविधि निर्देशिका सार्वजनिक गरिसकेको छ ।

जसमा ५०० वटा प्रश्न सार्वजनिक गरिएको छ । त्यसभित्रबाट मात्रै सोधिने अनि प्रयोगात्मक परीक्षामा ७० प्रतिशत अङ्क ल्याए उत्तीर्ण हुने बताइएको छ ।

अबको परीक्षा नयाँ प्रावधानअनुरूप नै हुने विभागले जनाएको छ ।

सरकारले गत जेठ १ गतेदेखि नै नयाँ निर्देशिकामा आधारित परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो । यद्यपी लकडाउनले पछाडि धकेलिएको हो ।

यस्तो छ वस्तुगत प्रश्नपत्रको संग्रह

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  १ : ४९ बजे

राजनीतिक सम्बन्धले रोकेका अपराधका विषय अनुसन्धानको प्रक्रियामा जान्छ : गृहमन्त्री

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले विगतमा राजनीतिक सम्बन्धका आधारमा रोकिएका

नेतन्याहूको भाषण बहिष्कार गरेर राष्ट्र संघ महासभाबाट बाहिरिए दर्जनौँ देशका प्रतिनिधि

न्यूयोर्क- शुक्रबार संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले विश्व

जेनजी प्रदर्शनका क्रममा काठमाडौं महानगरमा ६३ लाखको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका

सुर्खेतमा खोलाले बगाउँदा दिदीबहिनीको मृत्यु

सुर्खेत – पौडी खेल्ने क्रममा खोलाले बगाउँदा जाजरकोटमा एकै घरका

प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

सिरहा – लागुऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय मिर्चैया,