पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै « Khabarhub

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको पराशर मार्गमा पक्की नालासहित कालोपत्र गर्ने कामले तीव्रता पाएको छ । व्यास-७, ९, १० र ११ वडालाई जोड्ने गरी निर्माण भइरहेको चक्रपथ मार्गमा कालोपत्र गर्न थालिएको हो ।  

दैनिक एक सय १५ जना कामदार खटाएर निर्माणलाई तीव्रता दिइएको नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारीले बताए। उनका अनुसार विश्व बैंकको आर्थिक सहयोगमा निर्माणाधीन उक्त मार्ग चालु आर्थिक वर्षभित्र सम्पन्न नभए ठेक्का रद्द हुने भएकाले निर्माण कम्पनीले कामलाई तीव्रता दिएको हो ।

‘निर्माण कम्पनीले पुस महिनाभित्र चार किमी सडकमा असफाल्ट प्रविधिको कालोपत्र गर्ने योजना बनाएको छ’, उनले भने, ‘कालोपत्र गरिएको सडक चार सेन्टिमिटर मोटाइको हुनेछ ।’

एक महिनाअघि २५ प्रतिशत भौतिक प्रगति हासिल भएको यस मार्गको हालसम्म ३५ प्रतिशत बढी काम सम्पन्न भएको नगरपालिका कार्यालयले जनाएको छ । 

वर्षौँदेखि हिलो, धुलो र खाल्टाखुल्टीका कारण सस्तीपूर्ण यात्रा गर्दै आइएकामा सडक सम्पन्न भएपछि स्थानीयलाई आवतजावत गर्न र कृषि उपजलाई बजारसम्म पुर्‍याउन तथा ढुवानीका लागि सहज हुने व्यास-११ का वडाध्यक्ष दलबहादुर दुराले बताए। 

पराशर मार्गअन्तर्गत पर्ने बुल्दीखोला, घाँसीकुवा बेल्टारी, अधेँरी भञ्ज्याङ, पोख्रेलफाँट, कुमाल गाउँ, समता विद्यालय, नराङ हुँदै कलेस्तीसम्म १० दशमलव छ किलोमिटर कालोपत्र गरिने नगरपालिकाका इञ्जिनियर डा राजु पौडेलले जानकारी दिए । पराशर मार्ग, छाब्दी केशवटार र माहिन्द्री मार्गका लागि प्रस्ताव पेस गरेकामा उक्त आयोजना छनोटमा परेको उनले बताए ।

आयोजना निर्माणका लागि बिकेएचटिडिसिएल–एसिपिएल जेभी काठमाडौँले बोलपत्र प्रक्रिया पूरा गरी निर्माणको जिम्मा पाएको छ । नगरपालिकाका अनुसार उक्त आयोजनाका लागि निर्माण कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट)सहित रु ४० करोड ८३ लाख ३५ हजार ९२१ मा निर्माणको ठेक्का पाएको हो । 

निर्माण कम्पनीले चालु आवको अन्त्यसम्ममा आयोजना सम्पन्न गर्नेगरी सम्झौता गरेको छ । छनोटपश्चात् सहरी विकास मन्त्रालयले बजेटका लागि विश्व बैंकसँग सम्झौता गरेपछि नगरपालिकाले बोलपत्र आह्वान गरी प्रक्रिया अघि बढाएको थियो । 

सडक सञ्चालनमा आएपछि बजारसम्मको पहुँच सहज र छिटो हुनुका साथै सामाजिक सेवा प्रदानमा सहज हुने व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले  बताए।

उनले सहरीकरण, स्थानीयको आवश्यकतालगायत पक्षलाई प्राथमिकता राखेर काम गर्ने क्रममा पराशर मार्ग छनोटमा परेको बताए ।  
 

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  १२ : ३१ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन