सवारी चालक अनुमतिपत्रको ट्रायल भदौमा खुलाउने तयारी « Khabarhub

सवारी चालक अनुमतिपत्रको ट्रायल भदौमा खुलाउने तयारी

प्रतिक्षामा बसेका ७ लाखलाई यातायात कार्यालयले सम्पर्क गर्ने


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यातायात व्यवस्था विभागले भदौबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) खुलाउने तयारी गरेको छ ।

यसअघि प्रदेश सरकारले कुनै निर्णय नगरेकाले ट्रायल खोल्ने काम अन्योल देखिएको थियो । यद्यपी अब पनि प्रदेश सरकारले निर्णय नलिए विभागले भदौको पहिलो साताबाटै सवारी चालक अनुकति पत्र खुलाउने तयारी गरेको विभागका महानिर्देशक नमराज घिमिरेले खबरहबलाई बताए ।

‘अहिलेसम्म प्रदेश सरकारको निर्णय कुरेर बसेका छौँ’ उनले भने, ‘यो महिना हेर्छौ त्यसपछि पनि खुलाएनन् भने विभागबाट सुचना निकालेर ट्रायल खुलाउछौं ।’

पहिलो चरणको लकडाउन ०७६ चैत्रबाट बन्द भएको ट्रायलको कामलाई विभागले डिजिटल माध्यमबाट फारम भर्न मिल्ने गरी ७७ पुस १४ गतेबाट खुलाएका थियो ।

यससँगै करिब ४ महिनामा पछि अर्थात कोरोना भाइरस न्यूनीकरणका लागि गरिएको दोस्रो चरणको लकडाउनसँगै गत वैशाखबाट लाइसेन्सको काम बन्द भएको थियो ।

पुसदेखि वैशाखसम्म फारम भरेका झण्डै ६ लाख मानिसहरु ट्रायलको प्रतिक्षामा छन् ।

अब नयाँ ट्रायल खुलेसँगै प्रतिक्षामा रहेकाको पालो क्रमश आउने बताउँछन् विभागका सूचना अधिकारी लोकनाथ भुसाल ।

‘करिब ६ लाख व्यक्तिहरुले ट्रयालको लागि फारम भर्नुभएको थियो उहाँहरु प्रतिक्षामा हुनुहुन्छ’ भुसाल भन्छन्, ‘ट्रायल खुल्नासाथ जहाँबाट फारम भरेको हो त्यहीको सम्बन्धित कार्यालयले सम्पर्क गर्नेछ ।’

कसरी हुन्छ परीक्षा ?

लाइसेन्स लिनका लागि हुने परीक्षा प्रणालीलाई केही खुकुलो बनाउने तयारी विभागले यसअघि नै थालिसकेको छ ।

‘मोटरसाइकल स्कुटरको चालक अनुमति पत्रका लागि लिइने मा लिखित परीक्षाको वस्तुगत प्रश्नोत्तर संग्रह २०७८’ कार्यविधि निर्देशिका सार्वजनिक गरिसकेको छ ।

जसमा ५०० वटा प्रश्न सार्वजनिक गरिएको छ । त्यसभित्रबाट मात्रै सोधिने अनि प्रयोगात्मक परीक्षामा ७० प्रतिशत अङ्क ल्याए उत्तीर्ण हुने बताइएको छ ।

अबको परीक्षा नयाँ प्रावधानअनुरूप नै हुने विभागले जनाएको छ ।

सरकारले गत जेठ १ गतेदेखि नै नयाँ निर्देशिकामा आधारित परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो । यद्यपी लकडाउनले पछाडि धकेलिएको हो ।

यस्तो छ वस्तुगत प्रश्नपत्रको संग्रह

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  १ : ४९ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको