एक सातादेखि त्रिविमा आंशिक शिक्षकको तालाबन्दी « Khabarhub

एक सातादेखि त्रिविमा आंशिक शिक्षकको तालाबन्दी


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आंशिक शिक्षकले विभिन्न माग राख्दै एक सातादेखि तालाबन्दी गरेका छन् ।

त्रिवि उपकुलपतिको कार्यालय, रजिस्ट्रार, रेक्टर,सेवा आयोगको कार्यालय, इन्जिनियरिङ अध्ययन संस्थानमा गत शनिबारदेखि प्राध्यापकहरूले तालाबन्दी गरेर धर्नासमेत दिइरहेका छन् ।

त्रिवि सेवा आयोगले स्थायी प्रध्यापकको परीक्षा तालिका सार्वजनिक गरेपछि आंशिक प्राध्यापकहरूले विरोध जनाएका हुन् । पहिला आंशिक प्राध्यापकहरूलाई करार गरेर मात्र स्थायी प्राध्यापकको परीक्षा सञ्चालन गर्नुपर्ने उनीहरूको माग छ ।

त्रिविले एक वर्ष काम गरेका आंशिक प्राध्यापकहरूलाई निस्वार्थ करार गरेर मात्र स्थायी प्राध्यापकहरूको परीक्षा लिनुपर्ने आंशिक प्राध्यापक संर्घष समितिका प्रवक्ता एलबी विष्टले बताए ।

त्रिवि सेवा आयोगले २०७७ फागुन ९ गते स्थायी प्राध्यापकका लागि खुला प्रतिस्पर्धामा विज्ञापन गरी साउन ९ गते परीक्षा तालिका सार्वजनिक गरेको थियो ।

आशिंक प्राध्यापकहरूले त्रिवि पदाधिकारी कार्यालयमा तालाबन्दी गर्नुका साथै भर्चुअलक कक्षामा पनि रोक लगाएका छन् । उनीहरूले ताला बन्दी गरेदेखि नै भर्चुअल माध्यमबाट अध्यापन गराउन छाडेका हुन् ।

प्रवक्ता विष्टका अनुसार २०७४ सालमा तत्कालीन कुलपतिले १ हजार ४२० आंशिक प्राध्यापकलाई करार दरबन्दी कायम गराउने निर्णय गरेपनि हालसम्म उक्त निर्णय कार्यान्वयन भएको छैन । सोही निर्णयलाई कार्यान्वयन गराउने उद्देश्यले ताला बन्दी र धर्ना गरिएको हो ।

आफ्ना सम्पूर्ण मागहरू पुरा नहुन्जेलसम्म आन्दोलन जारी राख्ने उनले बताए । त्रिवि पक्षबाट अन्दोलनको कुनै सुनुवाइ नभएकोसमेत उनले बताए । पहिला आंशिक शिक्षकहरूको व्यवस्थापन गरेर मात्र स्थायी प्राध्यापकको परीक्षा सञ्चालन गर्नुपर्ने विष्टको भनाइ छ ।

ताला बन्दी भएपछि त्रिवि कार्यकारी परिषद्, प्राज्ञिक परिषद्, योजना निर्देशनालय, कानुनी सल्लाहकारको कार्यालय, रेक्टर कार्यालयबाट सम्पादन हुने सम्पूर्ण कार्यहरू एक सातादेखि ठप्प छन् ।

आंशिक प्राध्यापकहरूको माग सम्बोधन गर्न त्रिविले वार्ता कमिटी बनाएको शिक्षाअध्यक्ष शिवलाल भूसालले बताए । उनका अनुसार आन्दोलित प्राध्यापकहरूसँग एक चरणको वार्ता भइसकेको छ ।

यसअघि भएका सम्झौता मध्ये धेरै मागहरू त्रिविले कार्यान्वय गरिसकेको भूसालले बताए ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  २ : ०६ बजे

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको

कर्णाली याक्सलाई ‘एभर राइज’को साथ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने कर्णाली याक्स टोलीका

कैलालीबाट दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर – अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

बाजुरामा पहिरोले दुई घर बगायो

बाजुरा – जिल्लाको गौमुल गाउँपालिका-३ कटीगाउँमा आज दिउँसो वर्षासँगै आएको