तीन सचिवको सरुवा, मरासिनी अर्थमा « Khabarhub

तीन सचिवको सरुवा, मरासिनी अर्थमा


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले अर्थसचिवको जिम्मेवारी मधुकुमार मरासिनीलाई दिएको छ ।

महालेखा नियन्त्रक कार्यालयमा रहेका मरासिनीलाई अर्थसचिवको जिम्मेवारी दिइएको हो ।

विगत २५ वर्षदेखि अर्थमन्त्रालय अन्तर्गतका कार्यालयमा काम गर्दै आएका मरासिनीले अर्थ मन्त्रालयको बजेट महाशाखा र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाकोसमेत नेतृत्व गरिसकेका छन् ।

सरकार परिवर्तनसँगै अर्थ सचिवको दौडमा प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ड अर्याल, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी र मरासिनी थिए ।

अर्थसचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको छ । साथै स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई पनि प्रधानमन्त्री तथा मन्त्रिपरषद्को कार्यालयमा तानिएको छ ।

सरकारले राजस्व सचिवमा भने कुनै निर्णय गरेको छैन । राजस्व सचिव रामशरण पुडासैनीले साउन २१ गते उमेरहदका कारण अवकाश पाउँदैछन् ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  २ : २६ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु