तीन सचिवको सरुवा, मरासिनी अर्थमा « Khabarhub

तीन सचिवको सरुवा, मरासिनी अर्थमा


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले अर्थसचिवको जिम्मेवारी मधुकुमार मरासिनीलाई दिएको छ ।

महालेखा नियन्त्रक कार्यालयमा रहेका मरासिनीलाई अर्थसचिवको जिम्मेवारी दिइएको हो ।

विगत २५ वर्षदेखि अर्थमन्त्रालय अन्तर्गतका कार्यालयमा काम गर्दै आएका मरासिनीले अर्थ मन्त्रालयको बजेट महाशाखा र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाकोसमेत नेतृत्व गरिसकेका छन् ।

सरकार परिवर्तनसँगै अर्थ सचिवको दौडमा प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ड अर्याल, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी र मरासिनी थिए ।

अर्थसचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको छ । साथै स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई पनि प्रधानमन्त्री तथा मन्त्रिपरषद्को कार्यालयमा तानिएको छ ।

सरकारले राजस्व सचिवमा भने कुनै निर्णय गरेको छैन । राजस्व सचिव रामशरण पुडासैनीले साउन २१ गते उमेरहदका कारण अवकाश पाउँदैछन् ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  २ : २६ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३

चलायमान बन्दै कोरला नाका, राजस्व बढ्ने निश्चित

मुस्ताङ– तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु