साउन ३० लाई सर्‍यो माओवादीको केन्द्रीय समिति बैठक « Khabarhub

साउन ३० लाई सर्‍यो माओवादीको केन्द्रीय समिति बैठक


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक १० दिनपछि सरेको छ । बैठक आगामी साउन ३० गतेलाई बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

साउन २० गतेलाई बोलाइएको बैठक ३० गतेलाई सारिएको श्रेष्ठले बताए ।

त्यस्तै बैठकले साउन ३० गतेभित्र देशभरका सबै वडामा कमिटी गठन गरेर त्यसको रिपोर्ट ल्याउन केन्द्रीय समिति सदस्यहरुलाई निर्देशन दिएको छ ।

त्यस्तै बैठकले गठबन्धनकका दलको कामलाई व्यवस्थित बनाउने र सरकार विस्तारको काम छिटै गर्ने निर्णय गरेको छ ।

पार्टी प्रवक्ता श्रेष्ठले स्थायी कमिटीको बैठक भोलि ३ बजे पुनः बस्ने बताए । भोलिको बैठकले मन्त्रिपरिषद विस्तार गर्न पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाउने निर्णय भएको बताए ।

त्यसका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलका नेतासँग मन्त्रिपरिषद विस्तारका विषयमा छलफल गर्ने प्रवक्ता श्रेष्ठले बताए ।

माओवादी केन्द्रले दार्चुलामा भएको तुइन घटनाको विषयमा छानविन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ । जनता समाजवादी पार्टी (जसपा) को वैधानिकता विवाद र गठबन्धनमा सामेल रहेको नेकपा एमालेको नेता माधवकुमार नेपाल पक्षको निर्णय आउन ढिलो भएपछि सरकारको पूर्णतामा ढिला भएको पार्टी प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  २ : ४० बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको