काठमाडौँ महानगरद्वारा ५ ठूला करदाताबाट १ करोड ५३ लाख कर असुली | Khabarhub Khabarhub

काठमाडौँ महानगरद्वारा ५ ठूला करदाताबाट १ करोड ५३ लाख कर असुली


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरको राजस्व विभागले घरजग्गा/सम्पत्ति कर नतिर्ने सूचीमा राखेर नाम सार्वजनिक गरेका करदातामध्ये अधिकांश सम्पर्कमा आएका छन् । सम्पर्कमा आउनेमध्ये केहीले पहिलो किस्तास्वरुप केही रकम बुझाएका छन्, केहीले विवरण पेश गरेका छन् ।

केहीले विवरण पेश गर्ने समय माग गरेका छन् । केहीलाई भोलि बोलाइएको छ भने केहील अझै पनि सम्पर्कमा नआएको विभागले जनाएको छ ।

पहिलो चरणमा २३ करदाताको नाम सार्वजनिक गर्ने तयारी थियो । यो क्रम चलिरहँदा अन्तिममा ३ वटा सम्पर्कमा आएर कर तिर्ने प्रतिवद्धता जनाएपछि २० वटाको नाम सार्वजनिक गरिएको थियो ।

सम्पर्कमा आएकामध्ये ४ वटा व्यापारिक प्रतिष्ठानले पहिलो चरणमा आजसम्ममा १ करोड ५३ लाख रुपैयाँ राजस्व बुझाएका छन् ।

यसरी कर बुझाउनेमध्ये सबैभन्दा धेरै युनाइटेड विल्डर्स  एण्ड इञ्जिनियरिङ् (बर्ल्ड ट्रेड सेन्टर) ले आज १ करोड रुपैयाँ बुझाएको छ ।

यससँगै बिल्डर्सका प्रबन्ध निर्देशक सन्दीप हिराचनले आउँदो २० दिनभित्र सम्पत्तिको मुल्याङ्कन गरेर तिर्नुपर्ने कर दाखिला गर्ने गरी राजस्व विभागमा निवेदन दिएका छन् ।

आजै वडा १४ को नेशनल हस्पिटलले २४ लाख रुपैयाँ, वडा १४ कै सहिद मेमोरियल हस्पिटलले १९ लाख २० हजार रुपैयाँ दाखिला गरेका छन् ।

यी अस्पतालहरुले नाम सार्वजनिक हुनु अगाडि नै विभागमा सम्पर्क गरेर कर तिर्ने प्रतिवद्धता जनाएका थिए । यी अस्पतालको नाम सार्वजनिक सूचनामा उल्लेख गरिएको थिएन ।

नाम सार्वजनिक भएपछि वडा ११ को एनआरटी क्लवले १० लाख रुपैयाँ दाखिला गरेर बाँकी रकम तिर्ने प्रतिवद्धता जनाएको छ ।

आजै वडा ३० को स्टार मलले सम्पत्तिको विवरण पेश गरेको छ भने वडा १३ को काठमाडौँ इञ्जिनियरिङ् कलेजले १० दिनभित्र विवरण पेश गर्ने समय माग गरेको छ ।

महानगरले पहिलो चरणमा गएको असार १६ गते सम्पत्ति कर नबुझाउने ठूला करदाताको नाम सार्वजनिक गरेको थियो । ३० दिनभित्र सम्पर्क गर्न आउन आग्रह गर्दै सूचना सार्वजनिक भएको अन्तिम सातासम्म पनि करदाताहरुले सम्पर्क नगरेपछि अन्तिममा करदाताको कार्यस्थलमा गएर ‘सम्पर्कमा नआए शिलबन्दी गर्ने’ सूचनासहित माइकिङ् गरेको थियो ।

सम्पर्कमा नआउनेहरुलाई विभागले कडाइका साथ कानुनी कारवाही अगाडि बढाउने तयारी गरेको छ ।

विभागका प्रमुख डा. शिवराज अधिकारीले भने, ‘सम्पर्कमा आउनेहरुमध्ये आज सबैसँग छलफल गर्न नपाएपछि केहीलाई भोलिका लागि बोलाइएको छ । भोलि सम्पर्कमा आउने र नआउनेको सूची तयार पाछौँ । सम्पर्क नगर्नेको घर, पसल र व्यवसायमा शिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजस्व असुली गर्ने प्रक्रिया अगाडि बढाउँछौँ ।’

यी करदाताले आफू सम्बन्धी विवरण नबुझाएका कारण यकिन अङ्क भन्न कठिन छ । तर, विभागले करीव ७० करोड रुपैयाँ बढी राजस्व प्राप्त गर्ने अनुमान गरेको छ ।

राजस्व अधिकृत प्रदीप कोइरालाकाअनुसार आज सम्पर्कमा आएका बाहेक वडा १२ का बागमती च्याम्बर र बुद्धबारी कम्प्लेक्स, वडा १३ को नेपाल रेडक्रस सोसाइटीले अहिलेसम्म कहिल्यै सम्पत्ति तथा घरजग्गा सम्बन्धी विवरण नै बुझाएका छैनन् ।

घरजग्गा सम्बन्धी विवरण नबुझाउने अन्य ठूला करदातामा वडा १४ का आदर कम्प्लेक्स, कृषि सामाग्री संस्थान र एल. आर. आइ स्कूल, वडा १५ को मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, वडा ३ का कान्तिपुर डेन्टल अस्पताल र चिरायु अस्पताल र वडा ४ का देवेन्द्र श्रेष्ठ छन् ।

यसैगरी वडा २२ को आरबी कम्प्लेक्स, वडा २४ को सुरज आर्केट, वडा २९ को शुभश्री कोअपरेटिभ लिमिटेड, वडा २८ का काठमाडौँ प्लाजा र नेपाल शेयर मार्केट र वडा ३० का गोपालजी प्रपर्टिज प्रा. लि. हुन् ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ८ : ३० बजे

यस्तो छ सक्रिय राजनीतिमा फर्कने विद्यादेवी भण्डारीको घोषणा (पूर्णपाठ)

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अब सक्रिय राजनीतिमा फर्कने

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सुरक्षाकर्मीको मृत्यु

एजेनसी– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको उत्तर वजिरिस्तान  जिल्लामा शनिबार भएको

ड्रागन फ्रुटले किसानलाई दिएको नयाँ आशा

वीरेन्द्रनगर– सुर्खेतमा ड्रागन फ्रुटको सम्भावनाले किसानलाई नयाँ आशा दिएसँगै यहाँका

जब पूर्वराष्ट्रपतिले राजनीतिमा आउने घोषणा गरिन्…

काठमाडौं– ‘जननेताको अवसानपछि पार्टी र मसमेत सिङ्गो राष्ट्र शोकमा डुबेको

मदनको विचार नै एमालेको साझा गन्तव्य हो : लेखराज भट्ट

धनगढी – नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज