म्यासेज पठाएर बेपत्ता भएका युवा अझै भेटिएनन् « Khabarhub

म्यासेज पठाएर बेपत्ता भएका युवा अझै भेटिएनन्



नवलपुर- गत साउन ७ गतेदेखि साथीलाई म्यासेज पठाएर बेपत्ता भएका नवलपरासीपूर्व कावासोतीका युवा अझै भेटिएका छैनन् ।

नवलपरासीपूर्व कावासोती–१३ पिठौली घर भएका २१ वर्षीय अर्जुन रिजाल साउन ७ गते साथीलाई म्यासेज पठाएर बेपत्ता भएका थिए ।

कावासोतीस्थित सुविसु इन्टरनेटमा कार्यरत रिजाल कावासोती–१७ ब्रह्मस्थानबाट हराएको परिवारले जनाएको छ । परिवारकाअनुसार उनी बेपत्ता भएको ब्रम्हस्थान भ्यू टावर नजिक उनको मोबाइल, झोला, मोटरसाइकल भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दीलिपकुमार गिरीले बताए ।

अन्तिम पटक आफ्नो कार्यालयमा कार्यरत साथीलाई आफ्नो मोबाइलमा म्यासेज गरेर उनी सम्पर्कबिहिन भएका थिए ।

“ड्याडीको कल आउला, बाइक अफिसको नम्बर सबै अमलटारीमा छ, मेरो ब्यागको कोड १४२ र गुडबाई, आईकान्ट एसेप्ट द पेन” भनी साथीलाई म्यासेज लेखेको भटिएको प्रहरीले जनाएको छ ।

उनको म्यासेजअनुसार नै उनले प्रयोग गर्दै आएको ना ९ प ९२७ नं को मोटरसाइकल तथा झोला, मोबाइल, मोटरसाइकलको चाबी, पर्स, रुमाल र चप्पल नारायणी नदी किनारमा फेला परेको प्रनाउ गिरीले बताए ।

नारायणीमा बेपत्ता भएको आशंका डुङ्गा लिएरत्रिवेणी सम्म नै पुगेर खोजी गरेको अर्जुनका बुवा ईश्वरी रिजालले बताए । अर्जुन पुग्न सक्ने सबै ठाउँमा आफूहरुले सम्पर्क गरेर खोजी गरेको बुबा ईश्वरीले बताए ।

डिएसपी गिरीकाअनुसार बेपत्ता रिजालको नमस्ते मोबाइलको कल डिटेल मोबाईल लोकेसन चेक जाँच गर्दा पनि नियमित फोन बाहेक शंकास्पद केही भेटिएको छैन । गिरीले अर्जुनले प्रयोग गर्ने एनसेल नम्बरको कल डिटेल आई नपुगेकाले त्यसको अध्ययन हुन बाँकी रहेको डिएसपी गिरीले बताए ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ९ : २२ बजे

बले चिप्लिँदा सुशीललाई चिठ्ठा

काठमाडौं – अमेरिकामा रहेकी एक युवतीले कलाकार सागर लम्साल ‘बले’लाई बलात्कारको

दुई संयुक्त समितिमा राष्ट्रियसभाका सदस्यको मनोनयन

काठमाडौं– सङ्घीय संसद् संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त,

अम्बे कोशी सहकारीका साना बचतकर्ताको रकम फिर्ता हुने

काठमाडौं– कोशी प्रदेशको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी

बालेनलाई बधाई दिँदै इरानी राष्ट्रपतिले भने- नेपालसँग सहकार्य विस्तार गर्न तयार छौँ

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेश्कियानले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई

शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले महिला सहभागितामा हालसम्मकै ऐतिहासिक