म्यासेज पठाएर बेपत्ता भएका युवा अझै भेटिएनन् « Khabarhub

म्यासेज पठाएर बेपत्ता भएका युवा अझै भेटिएनन्



नवलपुर- गत साउन ७ गतेदेखि साथीलाई म्यासेज पठाएर बेपत्ता भएका नवलपरासीपूर्व कावासोतीका युवा अझै भेटिएका छैनन् ।

नवलपरासीपूर्व कावासोती–१३ पिठौली घर भएका २१ वर्षीय अर्जुन रिजाल साउन ७ गते साथीलाई म्यासेज पठाएर बेपत्ता भएका थिए ।

कावासोतीस्थित सुविसु इन्टरनेटमा कार्यरत रिजाल कावासोती–१७ ब्रह्मस्थानबाट हराएको परिवारले जनाएको छ । परिवारकाअनुसार उनी बेपत्ता भएको ब्रम्हस्थान भ्यू टावर नजिक उनको मोबाइल, झोला, मोटरसाइकल भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दीलिपकुमार गिरीले बताए ।

अन्तिम पटक आफ्नो कार्यालयमा कार्यरत साथीलाई आफ्नो मोबाइलमा म्यासेज गरेर उनी सम्पर्कबिहिन भएका थिए ।

“ड्याडीको कल आउला, बाइक अफिसको नम्बर सबै अमलटारीमा छ, मेरो ब्यागको कोड १४२ र गुडबाई, आईकान्ट एसेप्ट द पेन” भनी साथीलाई म्यासेज लेखेको भटिएको प्रहरीले जनाएको छ ।

उनको म्यासेजअनुसार नै उनले प्रयोग गर्दै आएको ना ९ प ९२७ नं को मोटरसाइकल तथा झोला, मोबाइल, मोटरसाइकलको चाबी, पर्स, रुमाल र चप्पल नारायणी नदी किनारमा फेला परेको प्रनाउ गिरीले बताए ।

नारायणीमा बेपत्ता भएको आशंका डुङ्गा लिएरत्रिवेणी सम्म नै पुगेर खोजी गरेको अर्जुनका बुवा ईश्वरी रिजालले बताए । अर्जुन पुग्न सक्ने सबै ठाउँमा आफूहरुले सम्पर्क गरेर खोजी गरेको बुबा ईश्वरीले बताए ।

डिएसपी गिरीकाअनुसार बेपत्ता रिजालको नमस्ते मोबाइलको कल डिटेल मोबाईल लोकेसन चेक जाँच गर्दा पनि नियमित फोन बाहेक शंकास्पद केही भेटिएको छैन । गिरीले अर्जुनले प्रयोग गर्ने एनसेल नम्बरको कल डिटेल आई नपुगेकाले त्यसको अध्ययन हुन बाँकी रहेको डिएसपी गिरीले बताए ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ९ : २२ बजे

लोमसबाट उत्पादित सेटोफेन न्यून गुणस्तरको भेटियो, बजारबाट फिर्ता लैजान विभागको निर्देशन 

काठमाडौं– औषधी व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रालिबाट उत्पादित प्यारासिटामोल ट्यावलेट

पहिलो ओभरमै चितवनलाई धक्का, रन खाता नखोली दीपक आउट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको पहिलो

माइतीघरमा जेन-जी सहिदको सम्झनामा मौन धारण (तस्बिरहरू)

काठमाडौं– जेन-जी २.0 को आयोजनामा माइतीघरमा सहिदहरूको सम्झनामा मौन धारण

इमरान खानको अवस्थाबारे छोरा कासिमले मागे सरकारसँग प्रमाण

इस्लामाबाद- पाकिस्तानमा तनाव चुलिँदै गएको छ। पूर्वप्रधानमन्त्री इमरान खानका छोरा

नेपाली बजारमा विशेष अफरसहित बोटका दुई नयाँ स्पिकर सार्वजनिक

काठमाडौं- भारतीय ब्रान्ड बोटले नेपाली बजारमा विशेष अफरसहित दुई नयाँ