कोरोना संक्रमित राप्रपा नेता थापाको निधन « Khabarhub

कोरोना संक्रमित राप्रपा नेता थापाको निधन


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) का केन्द्रीय सम्पादन समिति सदस्य बलराम थापाको कोरोना संक्रमणका कारण निधन भएको छ ।

नवलपरासीपूर्व कावासोती नगरपालिका २ निवासी थापाको काठमाडौंमा उपचारका क्रममा आइतबार निधन भएको हो ।

तीन हप्ताअघि कोरोना संक्रमण भइ श्वासप्रश्वासमा गम्भीर समस्या भएपछि थापालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।

५५ वर्षीय थापाको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा आइसीयु र भेन्टिलेटरमा राखेर उपचार गरिएपछि स्वास्थ्यमा सुधार भई वार्डमा सारिएको थियो । तर अचानक निमोनिया संक्रमण बढेको थियो ।

थापाको निधनप्रति राप्रपा अध्यक्ष कमल थापाले आफू स्तब्ध र मर्माहत भएको बताएका छन् ।

राप्रपा अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले पनि थापाको निधनले अविचलित राष्ट्रवादी योद्धा गुमाएको भन्दै दुख व्यक्त गरेका छन् ।

विभिन्न सामाजिक संस्थाहरुमा पनि सक्रिया थापाको निधनप्रति राप्रपा नवलपुर तथा अन्य जिल्लाका सामाजिक संस्थाहरुले दुःख ब्यक्त गरेका छन् ।

नवलपुरमा ६२ संक्रमित थपिए

पूर्वी नवलपरासीमा आइतबार थप ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएकोछ । जिल्लाको देवचुली नगरपाालिकामा मात्रै थप २८ जनामा संक्रमण पुष्टी भएको छ ।

यस्तै, मध्यबिन्दु नगरपालिकामा २२, कावासोती नगरपालिकामा ६, गैडाकोट नगरपालिकामा ५ र बिनयी त्रिवेणी गाउँपालिकामा थप १ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय नवलपरासीपूर्वले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ९ : ३५ बजे

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम