सीआईबीद्वारा ओमकार डेन्टलका सञ्चालकसहित तीन जना पक्राउ « Khabarhub

सीआईबीद्वारा ओमकार डेन्टलका सञ्चालकसहित तीन जना पक्राउ


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल मेडिकल काउन्सिल (एनएमसी) बाट स्वीकृति नै नलिइ चिकित्सकीय अभ्यास गरेको भन्दै तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चाबहिलको ओमकार डेन्टल होम प्रालिका सञ्चालक ४६ वर्षीय राधाकृष्ण तामाङ, सञ्‍चालक तथा चिकित्सक ४० वर्षीय डा. रावेद रन्जनकुमार ठाकुर, ३१ वर्षीय डा. सौरभ कुमार रहेका छन् ।

भारतीय नागरिक सौरभकुमारले ईजाजतपत्र विना दाँत सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार गरिरहेको अवस्थामा फेला परेको सीआईबीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सीआईबीका डीआईजी धीरजप्रताप सिंहका अनुसार उनीहरुलाई एनएमसीमा दर्ता नै नगरी अभ्यास गरेको पाइएपछि पक्राउ गरिएको हो। पक्राउ परेका उनीहरुमाथि कानूनबमोजिम कारबाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ९ : २४ बजे

नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना

बाँके– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म पानी पुर्‍याउन शाखा

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका