सीआईबीद्वारा ओमकार डेन्टलका सञ्चालकसहित तीन जना पक्राउ « Khabarhub

सीआईबीद्वारा ओमकार डेन्टलका सञ्चालकसहित तीन जना पक्राउ


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल मेडिकल काउन्सिल (एनएमसी) बाट स्वीकृति नै नलिइ चिकित्सकीय अभ्यास गरेको भन्दै तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चाबहिलको ओमकार डेन्टल होम प्रालिका सञ्चालक ४६ वर्षीय राधाकृष्ण तामाङ, सञ्‍चालक तथा चिकित्सक ४० वर्षीय डा. रावेद रन्जनकुमार ठाकुर, ३१ वर्षीय डा. सौरभ कुमार रहेका छन् ।

भारतीय नागरिक सौरभकुमारले ईजाजतपत्र विना दाँत सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार गरिरहेको अवस्थामा फेला परेको सीआईबीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सीआईबीका डीआईजी धीरजप्रताप सिंहका अनुसार उनीहरुलाई एनएमसीमा दर्ता नै नगरी अभ्यास गरेको पाइएपछि पक्राउ गरिएको हो। पक्राउ परेका उनीहरुमाथि कानूनबमोजिम कारबाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ९ : २४ बजे

मुस्ताङमा एक पथ प्रदर्शकको मृत्यु

मुस्ताङ– मनाङबाट राउन्ड अन्नपूर्ण चर्किय पदमार्गको थोरङ्ला पास गरी मुस्ताङ

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा