भौतिक उपस्थितिमा विद्यालय खोल्ने कार्यविधि बन्यो « Khabarhub

भौतिक उपस्थितिमा विद्यालय खोल्ने कार्यविधि बन्यो


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तथा कलेज सञ्चालन सम्बन्धी कार्यविधि बनाएको छ ।

कार्यविधि अनुसार विद्यालयलाई चार भागमा विभाजन गरेर सञ्चालन वा बन्द गर्नु पर्ने छ । सरकारले साउनमा जारी गरेको ‘स्मार्ट–लकडाउन सम्बन्धी कार्यविधि, २०७८’ अनुसार शिक्षा मन्त्रालयले विद्यालय सञ्चालन कार्यविधि तयार गरेको हो ।

स्मार्ट लकडाउनका आधारमा ‘रेड जोन’, गाढा पहेँलो, पहेँलो र हरियो (ग्रीन जोन) क्षेत्रका आधारमा विद्यालय खोल्ने र बन्द गर्ने गरी शिक्षा मन्त्रालयले कार्यविधि ल्याएको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार कोरोना संक्रमणका आधारमा रेड जोन र गाढा पहेलो रहेको स्थानीय तह वा जिल्लाहरुमा विद्यालय बन्द रहनेछ ।  त्यस्तो ठाउँमा यसअघि शिक्षा मन्त्रालयले जारी गरेको ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७’ अनुसार वैकल्पिक माध्यमबाट अध्यापन गराइने छ ।

निर्देशिकामा सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी, रेडियो एफएमको पहुँचमा भएका विद्यार्थी, टेलिभिजनको पहुँचमा भएका विद्यार्थी, कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका विद्यार्थी र इन्टरनेट तथा सूचना सञ्चारको पहुँचमा भएका विद्यार्थीको समूह वर्गीकरण गरिएको छ ।

सम्बन्धित स्थानीय तह र विद्यालयले ती विद्यार्थीहरुको पहुँचको पहिचान गरी वैकल्पिक माध्यमबाट अध्यापन गराउनुपर्ने उनले बताए ।

त्यस्तै पहेँलो क्षेत्रमा परेका स्थानीय तहका विद्यालयमा वा कलेजमा भने आलोपालो गरेर भौतिक उपस्थितिमा विद्यार्थीको अध्यापन अघि बढाउन सकिने प्रवक्ता शर्माले बताए ।

उनका अनुसार सीसीएमसीले पहेँलो क्षेत्र घोषणा गरेको स्थानीय तहका विद्यालयमा भएका विद्यार्थी संख्याको एक तिहाई विद्यार्थीलाई विद्यालयमा नै बोलाएर आलोपालो गरी दैनिक रुपमा भौतिक उपस्थितिमै अध्यापन गराउन सकिने छ ।

ग्रीन जोनमा रहेको स्थानीय तहका विद्यालयहरु भने पूर्ण रुपमा खोल्न पाइने शर्माले बताए । उनका अनुसार विद्यालय सञ्चालन गर्दा शिक्षा मन्त्रालयले जारी गरेको ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७’ मा उल्लेख गरिए बमोजिमको स्वास्थ्य सुरक्षा अपानाउनु पर्ने छ ।

कोभिड १९ संकट व्यस्थापन केन्द्र(सीसीएमसी)बाट पनि कार्यविधि स्वीकृत भइसकेकाले अब सीसीएमसी वा डीसीएमसी र स्थानीय तहको समन्वयमा विद्यालय सञ्चालन गर्न सकिने प्रवक्ता शर्माले बताए ।

उनका अनुसार सीसीएमसीले जारी गरेको स्मार्ट लकडाउनका आधारमा विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीयले गर्न सक्नेछन् ।

स्मार्ट लकडाउनका आधारमा विद्यालय रेड जोन, गाढा पहेँलो, पहेँलो वा हरियो कुन क्षेत्रमा परेको छ । सोही आधारमा विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय सीसीएमसी र स्थानीय तहले गर्न सक्ने छ ।

विद्यालय कुन जोनमा परेको छ भन्ने एकीन शिक्षा मन्त्रालयलाई नभए सीसीएमसी वा डीसीएमसीले गर्ने शर्माले बताए ।

सीसीएमसीले विद्यालय सञ्चालन गर्नसक्ने अवस्था नरहेको स्थानीय तहसँग समन्वय गरेर विद्यालय सञ्चालन गर्न दिने उनले बताए ।

कार्यविधि मन्त्रालय र सीसीएमसीबाट स्वीकृत भएर संघीय मामिला मन्त्रालयमा गइसकेकाले यो कार्यविधि चाँडै लागु हुने उनको भनाइ छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ८ : ३६ बजे

नामिबियाविरुद्ध नेपालको फितलो प्रदर्शन

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले खराब

प्रधानमन्त्री निवासअगाडि धर्ना बसेका राहुल गान्धी र अखिलेश यादव पक्राउ

नयाँदिल्ली : भारतको राजधानी नयाँदिल्लीस्थित प्रधानमन्त्री निवासअगाडि धर्नामा बसेका विपक्षी

‘ओली–प्रचण्डकै नेतृत्वमा वाम एकता सम्भव छैन, नयाँ पुस्ता अगाडि आउनुपर्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट आन्दोलनका प्रभावशाली नेता झलनाथ खनालले लामो समयदेखि

सिँचाइ क्षेत्रको दिगो विकासका लागि तीन तहबीच प्रभावकारी समन्वयमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा