भौतिक उपस्थितिमा विद्यालय खोल्ने कार्यविधि बन्यो | Khabarhub Khabarhub

भौतिक उपस्थितिमा विद्यालय खोल्ने कार्यविधि बन्यो


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तथा कलेज सञ्चालन सम्बन्धी कार्यविधि बनाएको छ ।

कार्यविधि अनुसार विद्यालयलाई चार भागमा विभाजन गरेर सञ्चालन वा बन्द गर्नु पर्ने छ । सरकारले साउनमा जारी गरेको ‘स्मार्ट–लकडाउन सम्बन्धी कार्यविधि, २०७८’ अनुसार शिक्षा मन्त्रालयले विद्यालय सञ्चालन कार्यविधि तयार गरेको हो ।

स्मार्ट लकडाउनका आधारमा ‘रेड जोन’, गाढा पहेँलो, पहेँलो र हरियो (ग्रीन जोन) क्षेत्रका आधारमा विद्यालय खोल्ने र बन्द गर्ने गरी शिक्षा मन्त्रालयले कार्यविधि ल्याएको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार कोरोना संक्रमणका आधारमा रेड जोन र गाढा पहेलो रहेको स्थानीय तह वा जिल्लाहरुमा विद्यालय बन्द रहनेछ ।  त्यस्तो ठाउँमा यसअघि शिक्षा मन्त्रालयले जारी गरेको ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७’ अनुसार वैकल्पिक माध्यमबाट अध्यापन गराइने छ ।

निर्देशिकामा सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी, रेडियो एफएमको पहुँचमा भएका विद्यार्थी, टेलिभिजनको पहुँचमा भएका विद्यार्थी, कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका विद्यार्थी र इन्टरनेट तथा सूचना सञ्चारको पहुँचमा भएका विद्यार्थीको समूह वर्गीकरण गरिएको छ ।

सम्बन्धित स्थानीय तह र विद्यालयले ती विद्यार्थीहरुको पहुँचको पहिचान गरी वैकल्पिक माध्यमबाट अध्यापन गराउनुपर्ने उनले बताए ।

त्यस्तै पहेँलो क्षेत्रमा परेका स्थानीय तहका विद्यालयमा वा कलेजमा भने आलोपालो गरेर भौतिक उपस्थितिमा विद्यार्थीको अध्यापन अघि बढाउन सकिने प्रवक्ता शर्माले बताए ।

उनका अनुसार सीसीएमसीले पहेँलो क्षेत्र घोषणा गरेको स्थानीय तहका विद्यालयमा भएका विद्यार्थी संख्याको एक तिहाई विद्यार्थीलाई विद्यालयमा नै बोलाएर आलोपालो गरी दैनिक रुपमा भौतिक उपस्थितिमै अध्यापन गराउन सकिने छ ।

ग्रीन जोनमा रहेको स्थानीय तहका विद्यालयहरु भने पूर्ण रुपमा खोल्न पाइने शर्माले बताए । उनका अनुसार विद्यालय सञ्चालन गर्दा शिक्षा मन्त्रालयले जारी गरेको ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७’ मा उल्लेख गरिए बमोजिमको स्वास्थ्य सुरक्षा अपानाउनु पर्ने छ ।

कोभिड १९ संकट व्यस्थापन केन्द्र(सीसीएमसी)बाट पनि कार्यविधि स्वीकृत भइसकेकाले अब सीसीएमसी वा डीसीएमसी र स्थानीय तहको समन्वयमा विद्यालय सञ्चालन गर्न सकिने प्रवक्ता शर्माले बताए ।

उनका अनुसार सीसीएमसीले जारी गरेको स्मार्ट लकडाउनका आधारमा विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीयले गर्न सक्नेछन् ।

स्मार्ट लकडाउनका आधारमा विद्यालय रेड जोन, गाढा पहेँलो, पहेँलो वा हरियो कुन क्षेत्रमा परेको छ । सोही आधारमा विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय सीसीएमसी र स्थानीय तहले गर्न सक्ने छ ।

विद्यालय कुन जोनमा परेको छ भन्ने एकीन शिक्षा मन्त्रालयलाई नभए सीसीएमसी वा डीसीएमसीले गर्ने शर्माले बताए ।

सीसीएमसीले विद्यालय सञ्चालन गर्नसक्ने अवस्था नरहेको स्थानीय तहसँग समन्वय गरेर विद्यालय सञ्चालन गर्न दिने उनले बताए ।

कार्यविधि मन्त्रालय र सीसीएमसीबाट स्वीकृत भएर संघीय मामिला मन्त्रालयमा गइसकेकाले यो कार्यविधि चाँडै लागु हुने उनको भनाइ छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ८ : ३६ बजे

‘अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’ 

एजेन्सी– संयुक्त राज्य अमेरिकाले हालै लागू गरेको विदेशी फलाम तथा

असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई

पतञ्जलि जग्गा प्रकरणमा एमालेले पूर्वाग्रह राख्यो भन्न मिल्दैन : उपाध्यक्ष पोखरेल

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पतञ्जलि जग्गा

इरानद्वारा अमेरिकी यात्रा प्रतिबन्धको विरोध, जातीय पूर्वाग्रही सोचको आरोप

एजेन्सी– इरानले शनिबार संयुक्त राज्य अमेरिकाले आफू र अन्य ११

प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पतालको उद्‌घाटन

मोरङ– प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी–२ स्थित जीवन विकास