सीसीडी रेसियो न्यूनतम ८५ प्रतिशत हुनुपर्ने राष्ट्र बैंकलाई चेम्बरको सुझाव | Khabarhub Khabarhub

सीसीडी रेसियो न्यूनतम ८५ प्रतिशत हुनुपर्ने राष्ट्र बैंकलाई चेम्बरको सुझाव


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चेम्वर अफ कमर्सले सीसीडी रेसियो न्यूनतम ८५ प्रतिशत हुनुपर्ने नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ ।

हालै सार्वजनिक मौद्रिक नीतिमा सीसीडी रेसियो ९० प्रतिशत कायम भएकोमा यसले बजारमा तरलता चाप पर्न गई बैंकहरुले थप लगानी गर्न नसक्ने अवस्था आउने चेम्बरले जनाएको हो । यसले बैँक तथा वित्तीय संस्थाको कर्जा प्रवाह क्षमता समेत प्रभावित हुने देखिएको चेम्बरको भनाइ छ ।

सीसीडी रेसियो बढ्दा ब्याजदर समेत वढ्न जाने भएकोले पुरानै व्यवस्था अनुरुप सीसीडी रेसियो न्युनतम ८५ प्रतिशत कायम हुनुपर्ने चेम्बरले सुझाव दिएको हो ।

यसैगरी चेम्बरले कोभिड(१९को कारण प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभाबित भएका उद्योग तथा व्यवसायहरुको लागि प्रदान भएको पुनर्तालिकीकरणको व्यवस्थालाई राष्ट्र बैंकले नियमन गर्नुपर्ने जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ९ : ४५ बजे

पाँचथर बहुमुखी क्याम्पसको अध्यक्षमा शुभराज थापा निर्वाचित

काठमाडौं । पाँचथर बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा नेपाली कांग्रेसका

भिजिट भिसामा कडाइ, पाँच सय बढी विमानस्थलबाट फिर्ता

काठमाडौं – पछिल्लो समय भिजिट भिसामार्फत वैदेशिक रोजगारीका लागि विभिन्न

कङ्कालिनी भगवती मन्दिरभित्रै वैवाहिक धर्मशाला

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कङ्कालिनी भगवती मन्दिर

मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आँकलन

झापा – कोशी प्रदेश सरकारको विपद् व्यवस्थापन समितिले ‘मनसुन पूर्वतयारी

हत्या आरोपमा तीन पक्राउ

बैतडी – पाटन नगरपालिका–६ का ४५ वर्षीय वीरभान सिंह विष्टको